लालबन्दी ६ को करिब तीन बिघा वन अतिक्रमित क्षेत्र खाली

357 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ का विभिन्न स्थानमा अतिक्रमण गरीएको वन क्षेत्र डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र सव डिभिजन वन कार्यालय लालबन्दीले खाली गराएको छ ।लालबन्दी नगरपालिका ६ का विभिन्न स्थानहरुमा वन अतिक्रमण गरि निर्माण गरिएका टहराहरुका साथै खेतीपातीर मालवस्तु हटाएर अतिक्रमित क्षेत्र डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र सव डिभिजन वन कार्यालय लालबन्दीले खाली गराएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका ६ का विभिन्न स्थानहरुमा कबिर तीन बिघा वन क्षेत्र विगत लामो समयदेखि अतिक्रमणको चपेटामा परेको र सो वन क्षेत्र वन कर्मचारी र   स्थानीय सुक्षाकर्मीहरुको सहयोगमा अतिक्रमण मुक्त गरिएको हो ।
जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रको अतिक्रमण हटाउन डिभिजन वन कार्यालय लालबन्दी सर्लाही सहित मातहतका कार्यालयहरु तातेका छन्।जिल्लाका २० वटा पालिकाहरु मध्य उत्तरी क्षेत्रका स्थानीय तहहरुका विभिन्न स्थानहरुमा रहेका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र दिन प्रतिदिन अतिक्रमण हुन थालेपछि डिभिजन वन कार्यालय लालबन्दी सर्लाही सहित मातहतका कार्यालयहरु तातेका हुन्।वन अतिक्रमण भएको निवेदन वा सूचना वन कार्यालयलाई प्राप्त भएपछि स्थलगत अनुगमन गरी अतिक्रमण भएको क्षेत्र खाली गराउन अभियान नै बनाएर मधेश प्रदेशका सबै डिभिजन वन कार्यालयहरु लागि परेका छन् ।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला वन अतिक्रमण नियन्त्रण समिति रहने र सो समितिले निर्यण गरेपछि नयाँ अतिक्रमणमा शून्य सहनशिल्ता र  पुरानो अतिक्रमणको कार्यविधि अनुसार अतिक्रमित वन क्षेत्र फिर्ता गराउने काम हुने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन अतिक्रमणको सिकार भएकाले वन क्षेत्र अतिक्रमण कुनैपनि हालतमा हटाउने  राज्यको नीति अनुसार काम गर्दा आफू पुरा कार्यकाल बस्न नपाएपनि तयार रहेको उनले बताए।राष्टिय तथा सामुदायिक वन अतिक्रमण र वनजन्य पदार्थको चोरी तस्करी तथा गैर कानुनी निकासी पैठारी कुनै पनि हालतमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।
साथै उनले राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमणका साथै वनजन्य पदार्थको चोरी तस्करी तथा गैर कानुनी निकासी पैठारी भएको थाहा पाएमा हरेक सचेत नागरिकले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै नजिकैका वन कार्यालयहरु वा सामुदायिक वन उपभोक्ता समुहहरु प्रहरी कार्यालयलाई जानकारी दिन पनि सर्वसाधाणसंग डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले अनुरोध गरेको छ।उनले सुरु सुरुमा अतिक्रमण हटाउने काम गर्दा केही असहज जस्तो भएपनि कुनै आग्रह पुर्वाग्रह नराखी जिल्लाका सबै ठाउँमा भएका वन अतिक्रमण हटाइने समेत दाबी गरे ।

सम्बन्धित समाचार