पछिल्लो समय नेपाल प्रहरी हरेक घटनाहरुमा जोडिएर विवादित बन्दै गएको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर कमिसन असुलीमा लागेका रहस्य बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख रहँदा देखि नै कमिसन असुलीमा लिप्त देखिएका प्रहरी उपरीक्षक राजकुमार सिलवाल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशका प्रमुख भएर आएदेखि नै मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु सहित यातायात व्यवसायीहरुसंग कमिसन असुलीमा लागेकै थिए।तर पछिल्लो समय आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर तस्करीमा संग्लग्न सवारी साधनहरु नियन्त्रणमा लिने र कमिसन बार्गेनिङ गरी असुली धन्दा चलाउने कार्यमा समेत सक्रिय रहेका रहस्य बाहिरिएको हो ।
ट्राफिक प्रहरीको काम सवारी साधनको आगमनलाई सुचारु गर्ने,ट्राफिक जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्ने,सवारी साधनाहरुले भार वाहन क्षमता अनुसार भार वाहन गरे÷नगरेको र सवारी साधनहरुका चालकहरुको कागजात र सवारी साधनहरुको कागजात हेर्ने र नियमन गर्ने भएपनि प्रहरी उपरिक्षक सिलवालले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरि गएर कमिसन माग गरेपछि ट्राफिक प्रहरी कमिसनमा व्यस्त रहने गरेको राम्रो उद्धाहरण प्रस्तुत भएको हो ।
सवारी साधनको अवस्था चेकजाँच,सवारी चालक अनुमती पत्र(लाइसेन्स),ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम र दुर्घटना न्यूनीकरण जस्ता कामहरू ट्राफिक प्रहरीले हेर्ने भएपनि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सिलवालको ध्यान भने ट्राफिक व्यवस्थापनमा भन्दा भन्सार चोरी पैठारीका सवारी साधनहरू नियन्त्रणमा लिएर असुलीका लागि वाग्रेनीङ गर्ने र कुरा नमिले राजश्व अनुसन्धान कार्यालय वा भन्सार पठाउने काममा ट्राफिक प्रहरी लागि परेको पाइएको हो ।
प्रहरी उपरिक्षक सिलवालले गत साउन ११ गते तत्कालीन साझा ट्रान्सपोर्ट (हाल सुनौलो बिहानी ट्रान्सपोर्ट)का दुई वटा ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर रु आठ लाख डिल गरेर छाडेको सो ट्रान्सपोर्ट सम्बद्ध एक कर्मचारीले बताए ।ट्रान्सपोर्टमा सामान मगाउने रक्सौलका व्यापारी बृजकिशोर गुप्ता र रामाशंकरले काठमाडौंबाट उक्त कमिसन रकम पठाएर ती ट्रक छुटाएको स्रोतले दावी गरेको छ ।
पर्सा,बारा र रौतहट लगायतका मधेश प्रदेशका जिल्ला तथा पूर्वबाट आउने ट्रान्सपोर्टका सवारी साधनहरू दैनिक रोकेर प्रहरी उपरिक्षक सिलवालले बार्गेनिङ गर्ने गरेका स्रोतको भनाई छ।उनले आफ्नो सम्पर्कमा आउने ट्रान्सपोर्टका सवारी साधनहरुलाई आँखा चिम्लिने,सम्पर्कमा नआउनेलाई धरपकड गर्ने गरेको ट्रान्सपोर्ट व्यवसायीको आरोप छ ।
प्रहरी उपरिक्षक सिलवालले यसरी आफ्नो क्षेत्राअधिकार भन्दा बाहिर गएर भारबहन गाडीहरू रोक्न थालेपछि व्यवसायीहरू आजित बनेका छन्।ट्राफिक प्रहरीले यसरी अनावश्यक दुःख दिन थालेपछि केही ट्रान्सपोर्ट व्यवसायीले राजमार्गमा गाडी तेस्र्याएर आन्दोलन गर्ने चेतावनी समेत दिन थालेका छन् ।
श्री दुर्गा ट्रान्सपोर्टका व्यवसायी मदन गुप्ताले पछिल्लो समय प्रहरी र पथलैया ट्राफिकले पनि दुःख दिन थालेको गुनासो गरे।उनले “प्रहरीले गाडी समाएर पठाइदिन्छ,भोलिपल्ट समाचार आउँछ बिना बिलको दुई करोडको सामान पक्राउ”त्यसरी नियन्त्रणमा लिएका सवारी साधनहरुको चेकजाँच नै नभई प्रहरीले नियन्त्रणमा लिँदैमा सञ्चार माध्यमहरुमा विभिन्न किसिमका समाचारहरु आउँछन् ।
पछि राजश्व कार्यालय पुग्दा सबै कागजात भएको भन्दै उक्त सवारी साधनहरु छुटेर जान्छन् तर प्रहरीकोे रेकर्डमा उत्त समाचान चोरी पैठारीको सामान नै रहिरहेको हुन्छ ।प्रहरीले शंकास्पद सवारी साधनहरु नियन्त्रणमा लिएपनि खोल्ने अधिकार हुँदैन,त्रिपाल नै खुलेको छैन, चेक भएको छैन प्रहरीले कसरी देख्यो ? प्रहरीसँग अधिकार छ, हातमा बन्दुक छ भन्दैमा व्यापारीको बदनाम गर्ने ?”एक ट्रान्सपोर्ट व्यावसायीले गुनासो गरे ।
यता,ट्राफिक प्रहरीलाई भन्सार छली,चोरी पैठारीका सवारी साधनहरु पक्राउ गर्ने अधिकार राजश्व चुहावट ऐनमा नभएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी पुष्पराज कोइरालाले बताए।उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्र राजश्व चुहावटको सवारी साधनहरु पक्राउ गरी बुझाउने अधिकार छ । त्यस्तै,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक सिलवाललाई सो सम्बन्धमा बुझ्न फोन गर्दा उनको फोन उठेन भने नेपाल प्रहरीका प्रवक्तालाई समेत फोन गर्दा उनको समेत फोन उठेन ।
मधेशका राजमार्गहरुमा नदीजन्य पदार्थ बोकेर टिपरहरुले नछोपी दौँडिँदा,यात्रु बसहरुले सि क्षमता भन्दा बढी,भाडा लिष्ट समेत नराखी दौडाउँदा नदेख्ने,भारवाहन क्षमता भन्दा बढी भार वाहन गरी सवारी साधनहरु दौडिँदा कमिसन असुले अन्धो बनेको ट्राफिक प्रहरी भन्सार छलीको सामान बोकेको सवारी साधन देख्ने गर्छ ।भन्सार छली चोरी पैठारीका ढुवानीका सवारी साधनहरु नियन्त्रणमा लिएर भन्सार तथा राजश्व बुझाउने अधिकार ट्राफिक प्रहरीलाई छैन् ।