Close This

पत्रकार महासंघका अध्यक्ष क्षेत्रीद्धारा बाल गृहमा शैक्षिक सामग्री

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३० गते   २०१ पटक हेरिएको

 नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्रीले सोमवार हरिवनमा रहेका दुई बालगृहका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएकोछ । 
हरिवन नगरपालिका–८, कै वासिन्दा क्षेत्रीले घुर्कौलीस्थित चेतना सन्देश नेपालले संचालन गरेको द्वन्द्व पीडित बाल गृह र सरभिस फरपिस नेपालले सुखेपोखरीमा संचालन गरेको बाल गृहमा शरण लिएर बसिरहेका अभिभावकविहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध सहयोग गर्न भएको हो ।
महासंघका अध्यक्ष क्षेत्रीले दुवै बाल गृहमा कापी, कलम, पेन्सील, इरेजर, कर्टर, कर्लरलगायतका शैक्षिक सामग्री सहयोग गर्नु भएको महासंघ सर्लाही शाखाले जनाएको छ । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा महासंघका कोषाध्यक्ष अच्युत सापकोटा, प्रदेश परिषद सदस्य विद्यानन्द राय, सदस्य सञ्जु कर्ण  लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech