सर्लाहीको बागमती नगरपालिका ४ मा आजबाट प्रथम जिरायत कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बागमती नगरपालिका ४ जिरायत स्थित रहेकाे आयोजक ओम युवा क्लबको आयाेजनामा मंसिर २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ वटा टिमकाे सहभागीता रहेकाे आयाेजक ओम युवा क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सर्लाही,महोत्तरी र बाराका फुटबल क्लबहरुले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेल नमोबुद्ध युवा क्लब हजार बिगाहा र टुटेश्वर युवा क्लब बिच प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ । दाेस्रो दिनबाट दिउँसो १ र ३ बजे गरी दुई वटा खेल हुने खेल संयोजक मनोज रसाइलीले बताए । मंसिर २० गते फाइनल खेल हुने प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजार ५१ सहित प्रथम जिरायत कप, मेडल र प्रमाण पत्र तथा उप विजेता टोलीले नगद रु २५ हजार ५१ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहन र उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयाेजकले जनाएका छ ।