बागमती ३ बाट नगद सवाँ दुईलाख सहित ७ जना जुवाडे पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१६ गते   १७१७ पटक हेरिएको


सर्लाहीको बागमती नगरपालिका ३ बाट प्रहरीले जुवाडे सहित नगर नियन्त्रणमा लिएको छ । बागमती नगरपालिका ३ धरहरा चोक स्थित घिसिङ होटलबाट जुवा खेली रहेको अवस्थामा विशेष सुराकीको आधारमा ७ जना जुवाडे र करिब सवाँ दुईलाख नगद नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । 
पक्राउ पर्नेमा बागमती नगरपालिका ३ का अन्दाजी वर्ष ३० की जमुना मोक्तान,अन्दाजी वर्ष ३५ का सन्चर सिंह घिसीङ,अन्दाजी वर्ष ३२ का प्रेम बहादुर वाईबा, हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष ३४ का मणिलाल बोम्जन, अन्दाजी वर्ष ४२ का मनोज कुमार थिङ, अन्दाजी वर्ष ४५ का जगत स्याङतान र अन्दाजी वर्ष ४१ का पनोज कुमार थिङ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनिहरुको साथबाट नगद रु २ लाख १४ हजार ९ सय ७० सहित कौडा १६ थान र १ बुक तास बरामद् भएको प्रहरीले जनाएको छ । 
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट नगद सहित ७ जना पक्राउ गरेको  हो । जिल्लाका विभिन्न स्थानमा हुने गरेको जुवा तथा तास खेलप्रति प्रहरी संवेदनसिल भएर लाग्दा जुवा तथा तास खेलाडीहरुको निदहराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech