जिल्लाको धनकौल गाउँपालिकामा बाँसको लचका पार गर्ने क्रममा चिप्लिएर एक युवकको ज्यान गएको छ । धनकौल गाउँपालिका ४ महिनाथपुरका अन्दाजी ४० बर्षिय ब्रजेश झाको चिप्लीएर ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
बुधबार महिनाथपुरबाट रामनगर गाउँपालिकाको सिसौटमा भोज खान जादै गर्दा मलघटामा बाँसको लच्का पार गर्ने क्रममा चिप्लिएर पानी डुबी झा वेपक्ता भएका थिए । वेपक्ता भएका झाको खोजी गर्ने क्रममा उनको शव पानीमा डुवेको अवस्थामा स्थानियबासीले फेला पारी प्रहरलिाइे जानकारी गराएका धनकौल गाउँपालिका ४ का वडाअध्यक्ष भोगेन्द्र रायले जानकारी दिनु भयो ।
झाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ । झासंगै गएका १०÷१५ जना सिसौट टोलमा भोज खान गएका भएपनि झा चिप्लिएर पानीमा डुब्दा समेत उद्वारका लागि केही पहल नगरेका भन्दै झाका आफ्न्तले दुःख व्याक्त गरेका छन ।