पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको इश्वरपुर नगरपालिका १३ स्थित बाँके जंगलमा यात्री बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन्।महोत्तरीको बर्दिवासबाट सर्लाही तर्फ आउँदै गरेको ना.७ ख ३६४३ नम्बरको बस दुर्घटना हुँदा बसमा सबार ३७ जना यात्रुहरु मध्य १५ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार महोत्तरीको बर्दिवासबाट लघु वित्तिय संस्था बिरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजनमा भएको कार्यक्रममा सहभागी भई सर्लाही तर्फ फर्किँदै गरेको ना. ७ ख ३६४३ नम्बरको बस तिब्र गतिका कारण आफैँ अनियन्त्रित भई रोडको दक्षिण साईडमा पल्टिन गई बसमा सबार ३७ जनामध्य १५ जना घाईते भएका हुन ।घाईतेहरुको प्रहरी चौकी फुलजोर,ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास र अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट फुलजोरबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि लालबन्दी तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार,बस दुर्घटना हुँदा घाईते हुने हरुमा बाराको जितपुर उपमहानगरपालिका ६ की अन्दाजी वर्ष ५२ की लक्ष्मी देवी थरुनी,अन्दाजी वर्ष ३५ की रुमा कुमारी चौधरी,अन्दाजी वर्ष २७ की सनम सिंह,अन्दाजी वर्ष ४० की शुशिला सिंह,अन्दाजी वर्ष ४० की सविता सिंह,अन्दाजी वर्ष ५५ की चनिया देवी दनुवार,अन्दाजी वर्ष ६० की बिष्णु देवी,अन्दाजी वर्ष ५५ की फुल्मती देवी,अन्दाजी वर्ष ४५ का ललित नारायण राय साथै जितपुर उपमहानगरपालिका ५ की वर्ष ४५ की हिरामनी चौधरी बाराकै करैयामाई गाउँपालिका ७ की अन्दाजी वर्ष ४५ की राजवती महरा,अन्दाजी वर्ष ४८ की जानकी देवी थरुनी,अन्दाजी वर्ष ४८ की ईन्द्र देवी यादव,अन्दाजी वर्ष ५५ की द्रोपती चौधरी,अन्दाजी वर्ष ५५ की असतुसी देवी र पर्साको वीरगञ्ज महानगरपालिका ३२ की अन्दाजी वर्ष ४५ की लालपरी देवी घाईते भएका छन् ।
घाईतेहरु मध्य अन्य नौ जना सामान्य घाइते भई उपचाररत नरहेका प्रहरीले जनाएको छ ।बस धनी पर्साको बिन्दाबासनी गाउँपालिका २ बहुर्वाभाटाका अन्दाजी वर्ष ६० का राम बिनोद बिन ईलाका प्रहरी कार्यालय केशरगंजको सम्पर्कमा रहेका छन् भने चालक र सहचालक फरार भएका र उनीहरुको खोजीकार्य भईरहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरीका प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंहले जानकारी दिए ।उनका अनुसार बसमा चालक र बस धनीबाहेक अन्य सबै ३५ जना महिला मात्रै सवार रहेका थिए ।