कविलासी ५ रनियाको अस्पताल निर्माणको काम रेडियमलाई बोकाको मुखमा कुभिण्डो,कमिसनको भरमा जनप्रतिनिधिहरु मौन,खिया लागेको रडमा ढलानको तयारी

840 Shares

सर्लाहीको कविलासी नगरपालिका ५ स्थित रनियामा निर्माणाधिन अवस्थामा रहेको १५ शैयाको आधारभुत अस्पतालमा खिया लागेको रडको प्रयोग गरेको ढलान गर्न लागिएको भन्दै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकममा समाचार प्रकाशन भएपछि कविलासी नगरपालिका र कविलासी नगरपालिका ५ को ध्यानाकर्षण भएको छ । 
कविलासी नगरपालिकाले २०७९ असार १३ गते मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौंसंग रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैया ४९ पैसामा १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्न सम्झौता भएपछि रेडियम कन्ट्रक्सन प्रा.लि जनकपुरले निर्माणको काम पेटीमा ठेक्का लिएको थियो ।
जहाँ जहाँ ठेक्का लिन्छ त्यहाँ त्यहाँ काम विगारेको रेडियम कन्ट्रक्सन प्रा.लि जनकपुरले निर्माणको काम सुरु गरेको भएपनि सम्झौता भएको मितिले करिब १५ महिना हुँदा समेत भुँई ढलान पनि सकेको छैन् भने पानीमा डुबेर खिया लागेको रडको प्रयोग गरि रहेको भन्दै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकममा समाचार प्रकाशन भएको थियो ।निर्माण कम्पनीसंग मिलेर कमिसनको खेलमा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकहरु मौन देखिएपछि ठेकेदार कम्पनीले लार्पबाही तरिकाबाट काम गरेको भन्दै समाचार प्रकाशन भएपछि कविलासी नगरपालिका र कविलासी नगरपालिका ५ ले एक सूचना जारी गर्दै खिया लागेका रड हटाएर नयाँ रडको प्रयोग गरि यथासिघ्र अस्पताल निर्माणको काम थाल्न ठेकेदार कम्पनी मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौंलाई पत्राचार गरेको छ ।
कविलासी नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकहरुले चर्काे कमिसन असुलेका कारण अस्पताल भवनको निर्माण सुस्त मात्र नभई गुणस्तरहिन भएको स्थानीय श्री नारायण मण्डलले बताए ।उनका अनुसार अस्पताल निर्माणको काम करिब ६० लाख बराबरको रहेको भएपनि ठेकेदार कम्पनीले मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौंले रु ३ करोड ७१ लाख भुक्तानी लिई सकेको छ ।रु ३ करोड ७१  लाख निकासा लिएपछि ठेकेदार कम्पनीले अस्पताल भवन निर्माणको काम छाड्दा निर्माण स्थलमा रहेका रडहरु पानीमा डुबेका कारण खिया लाग्न थालेका थिए भने  अहिले पेटी ठेकेदार रेडियाम कन्ट्रक्सनले सोही रडलाई प्रयोग गरि भुँई ढलानको काम सुरु गर्न लागेको थियो ।
मधेश प्रदेशका विभिन्न स्थानमा भएका निर्माणका काम पेटीमा लिएको रेडियाम कन्ट्रक्सन विभिन्न बैँकहरुमा कालो सुचिमा समेत परेको केही प्रमाणहरु फेला परेका छन् भने रेडियमलले नगर प्रमुख ब्रम्हदेव रायलाई भुँई ढलान भएपछि १० प्रतिशत, मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौंलाई २० प्रतिशत र बाँकी रहेको रकम पेटी ठेकेदार रेडियमलले पाउने सहमती समेत भएको केही स्थानीयले बताए ।उनीका अनुसार मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौं,रेडियाम कन्ट्रक्सन र कविलासी नगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा २ वटा मुद्दा दर्ता  समेत भएको छ । रेडियमले सिरहामा ५ किलोमिटर हुलाकी सडकको निर्माणको पेटी ठेक्का पाएकोमा त्यहाँपनि ६ वर्ष पुग्नै लाग्दा समेत काम अलपत्र रहेको सिरहा नगरपालिकाले जनाएको छ । जसका कारण स्थानीय सास्ति खेप्न बाध्य भएका छन् ।
यता,रु ३ करोड ७१ लाख भुक्तानी लिएको ठेकेदार कम्पनी रेडियमले भौतिक संरचना निर्माणको कामका लागि अन्य मानिसहरुलाई ठेकका दिएको समेत खुलेको छ । भने उनीहरुको पनि हाल सम्मको रकम भुक्तानी नगरेको कामदारहरुको गुनासो छ ।निर्माण कम्पनीले कविलासी नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्रावधिक लगायतका कर्मचारीहरुलाई कमिसनको प्रलोभनमा पारेर मोविलाईजेसन वापतको रकम लिएको भएपनि सम्झौता भएको १ वर्ष ३ महिना पुग्नै लाग्दा पनि लिएको रकम बराबरको काम हुन नसकेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।करिब रु ६० लाख बराबरको काम भएको भएपनि सो काम गुणस्तरहीन भएको स्थानीयको भनाई छ ।कविलासी नगरपालिकाले निर्माणको काम सुरु नै नगरी वर्षायाममा ठूलो रकम भुक्तानी गर्नु नै भ्रष्टाचारको पराकाष्ठ रहेको कविलासी नगरपालिकाका निवर्तमान नगरप्रमुख कौशल किशोर यादवको भनाई छ ।
उनले निर्माण कम्पनीले कुल रकमको २० प्रतिशत मोविलाईजेसन वापत अग्रिम भुक्तानी पाउनु स्वाभाविकै भएपनि सुख्खा मौसममा नगरपालिकाले भुक्तानी नगर्नु र वर्षायामको करिब सवा महिनामा रु ३ करोड ७१ लाख भुक्तानी गर्नु नै निर्माण कम्पनी र नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकको मिलेमतोमा गुणस्तरहिन काम भएको सहजै आंकलन गर्न सकिने बताए ।अस्पताल भवन निर्माण कार्य सुस्त र गुणस्तरहिन भएको भन्दै स्थानीय,निवर्तमान जनप्रतिनिधिहरुका साथै विभिन्न राजनैतिक दलहरुले आपती जनाउनुका साथै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकममा समाचार प्रकाशन भएपछि झस्किएका कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुले नगर उप प्रमुखको नेतृत्वमा प्राविधिक टोली सहित स्थलगत अनुगमन समेत गरे र नगरपालिकाले निर्माण कम्पनीलाई खुला रुपमा राखिएको डण्डी फुकाली नयाँ डण्डी लगाई ७ दिन भित्र कार्य सुचारु गर्न भन्दै चेतावनी सहित पत्राचार समेत गरेको कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव रायले बताए ।
हालै पालिकाद्वारा निर्माण कम्पनीलाई पत्रचार गर्दा मिशन–डि.एण्ड एन.जे÷भि बानेश्वर–१०, काठमाडौंले उक्त ठेक्कालाई जनकपुरधाम उपमहानगरपालिका ६,धनुषामा रहेको रेडियम कन्स्ट्रक्सनलाई उक्त ठेक्का सम्पन्न गर्न नगर प्रमुखकै विशेष पहल र मिलोमतोमा नियम विपरीत पेटि कन्ट्राक्टमा दिइएको भनी बुझिन आएको छ । रेडियम कन्स्ट्रक्सन आफै (घ) वर्गको निर्माण कम्पनी रहेको,कम्पनीको हैसियत भन्दा माथिको ठेक्का पेटिमा लिएको र विभिन्न बैकहरुमा कालोसुचिमा परेको साथै जहाँ काम लिएपनि अलपत्र पारी छाड्ने गरेका कारण अस्पताल निर्माणको काम सुस्त र गुणस्तरहिन भएको स्थानीय जानकारहरुको भनाई छ ।
सो विषयमा विशेष अनुसन्धान गर्दा रेडियम कन्ट्रक्सन प्रा.लिलाई बैंकले समेत कालो सुचिमा सुचिकृत गर्न लागेको भनी बुझीन आएको छ ।रेडियम कन्स्ट्रक्सनको संचालक रोशन मिश्र र दिपक साहले केही दिनदेखि निर्वाचित जनप्रतिनिधि र पालिकाको प्राविधिक टोलीकै संरक्षणमा महिनौंदेखि बेवारिसे अवस्थामा राखिएको खिया लागेको डण्डी मै सरसफाइ गरि ढलान कार्य गर्न लागि परेको विषयमा अनुसन्धान गर्दै जाँदा उक्त निर्माण कम्पनीले सिरहामा पनि हुलाकी सडकको ५ किलो मिटर सडक निर्माणको काम लिएकोमा त्यहाँपनि गुणस्तरहिन काम गरेको पाइएको छ ।
घ वर्गको निर्माण कम्पनीले आफ्नो क्षमता भन्दा बढीको काम लिने र मोविलाईजेसन वापतको रकम लिएर काम विचैमा छाड्ने गरेका कारण कविलासी नगरपालिका ५ स्थित रनियामा निर्माण सुरु भएको १५ शैयाको अस्पताल निर्माण कै चरणमा गुणस्तरहिन भएको पुष्टि हुँदा समेत कविलासी नगरपालिकाका जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक टोली मौन देखिनेले उनीहरुको संरक्षणमै गुणस्तरहिन काम भएको सर्वसाधारणहरुको आरोप छ ।यता, ठेकेदार कम्पनी रेडियम कन्ट्रक्सनका सञ्चालक दिपक साहले आफुले निर्माण स्थलमा रहेका कामदारहरुलाई खिया लागेको रड हटाउन निर्देशन दिएको बताएका छन् ।तर कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुसंग फेरी सोही रडमा ढलान गर्ने सहमती भएको समेत जानकारी आएको छ । 

सम्बन्धित समाचार