मस्जिद निर्माणका लागि वडा अध्यक्ष रेजाद्धारा नगद ५ लाख सहित १२ धुर जग्गा दान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१ गते   २०३६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका  ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद रु ५ लाखसहित १२ धूर जमिन निःशुल्क प्रदान गर्नुभएको छ । हरिवन नगरपालिका ११ मा निर्माण हुन लागेको मस्जिदको लागि वडा अध्यक्ष रेजाले नगद रु ५ लाखसहित १२ धूर जमिन निःशुल्क प्रदान गर्नुभएको हो ।
विगतदेखि नै सामाजिक कार्यहरुमा विशेष सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले करिब रु ३० लाख मूल्य बराबरको जग्गा हरिवन नगरपालिका ११ स्थित मुस्लिम बस्तीमा निर्माणाधीन बर्काती जामे मस्जिदको लागि आफ्ले नगद रु ५ लाख र अन्दाजी रु ३० लाख बराबरको १२ धुर जग्गा आफ्ले निःशुल्क सहयोग गरेको वडा अध्यक्ष रेजाले बताउनु भयो ।
हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यता तथा वडा नम्बर ११ का वडा अध्यक्ष रेजाको अध्यक्षतामा भएको भएको एक कार्यक्रमका बीच जग्गाको लालपूर्जा मस्जिद निर्माण समितिलाई वडा अध्यक्ष रेजाले हस्तान्तरण गर्नुभएको हो । मुस्लिम समुदायको घना बस्ती रहेको ठाउँमा पूराना मस्जिदहरुमा धार्मिक कार्य गर्न असहज भएको र नयाँ मस्जिद निर्माण गर्न जग्गा आवश्यक भएकोले आफूले धार्मिक कार्यका लागि भन्दै निःशुल्क जग्गा प्रदान गरेको वडाअध्यक्ष रेजाले बताउनुभयो ।
वडाअध्यक्ष रेजाले १२ धुर, स्थानीय मोहम्मद गनीले ५ धुर र रेहानले ३ धुर गरी कुल एक कठ्ठा जग्गा बर्काती जामे मस्जिद निर्माणका लागि प्राप्त भएको छ । घना वस्ती बन्दै गएपछि मस्जिदहरुले अपुग भएको र नयाँ मस्जिदको आवश्यकता परेकोले आफूहरुले नयाँ मस्जिद निर्माण गर्न सबै मनकारी मानिसहरुले जग्गा दान गर्नु भएको हो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech