सर्लाहीको हरिपुर नगरपालिका ९, पिडारीमा रहेको एक पानी फ्याक्ट्रीमा विद्युत् सर्ट भएर आगलागी भएको छ । राजश्री प्रोडक्टसन प्रालिले सञ्चालन गरेकाे पानी फ्याक्ट्रीमा आगलागी भएको हो । विद्युतको तार सर्ट भइ आगलागी हुँदा तीनवटा मेसिन,नगद रु ३ लाख ३० हजार गरी करिब रु २३ लाख ३० हजार क्षति भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
बिहीबार राती करिब ११ः१५ बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक वेद बहादुर पाैडेलले जानकारी दिनुभयाे। उहाँका अनुसार आगलागीपछि पानी फ्याक्ट्री तत्कालका लागि बन्द भएको छ ।