नेपाली कम्युनिष्ट पार्टी सर्लाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,क्षेत्र नम्बर २ बाट निवर्तमान मन्त्री महेन्द्र राय यादव,क्षेत्र नम्बर ३ बाट निवर्तमान मन्त्री नारायण काजी श्रेष्ठ र क्षेत्र नम्बर ४ बाट डा.अवनिश यादवलाई प्रत्यक्षतर्फका उम्मेदवारहरूमा सिफारिस गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी सर्लाहीले क्षेत्र नम्बर १ मा साह,२ मा यादव,३ मा श्रेष्ठ र ४ मा यादवलाई बलियो दावेदार ठान्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारमा सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टी सर्लाहीका एक नेताले बताए ।ती नेताका अनुसार अन्य नेताहरुको समेत नाम सिफारिस गरिउको भएपनि क्षेत्र नम्बर १ मा साह,२ मा यादव,३ मा श्रेष्ठ र ४ मा यादवलाई बलियो दावेदार हुन ।
नेपाली कम्युनिष्ट पार्टी सर्लाही स्रोतका अनुसार सिफारिस गरिएका उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा साह,२ मा यादव,३ मा श्रेष्ठ र ४ मा यादवलाई संगठन,जनसमर्थन र सक्रियताका आधारमा सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ।स्थानीय तहदेखि निरन्तर पार्टी गतिविधिमा सक्रिय रहँदै आएका उनीहरु तलदेखि माथि सम्म राम्रो पकड रहेको नेताहरूको भनाइ छ। यद्यपि उम्मेदवारको अन्तिम टुंगो पार्टीको केन्द्रिय कमिटीले आवश्यक छलफल,मूल्यांकन र मापदण्डका आधारमा गर्ने जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ।