लालबन्दी १५ र १६ परवानिपुरमा एम्बुलेन्स संचालन गर्न नयाँ समिति चयन

939 Shares

रमेश अधिकारी(रितिक)

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ परवानिपुरमा लामो समयदेखि थन्काएर राखिएको एम्बुलेन्स संचालनका लागि आईतबार समिति बनाइएको छ । लालबन्दी नगरपालिका १५ र १६ परवानिपुरमा पटक–पटक भएको भेलाले निष्कर्ष निकाल्न नसकेपनि आइतबार सहमती जुटाएर समिति बनाइएको हो ।
सामुदायिक स्वास्थ्य सेवा समाज संस्थाको पद्मबहादुर खड्का (दीपक) अध्यक्ष रहने गरी तत्कालका लागि ७ सदस्यीय समिति बनाइएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए । उनका अनुसार भूगोल मिलाएर समितिमा पछि केही सदस्य थथ गरिने छ । परवानिपुरमा केही वर्षअघि सप्ताह लगाएर उठाइएको रकमले एम्बुलेन्स खरिद गरिएको थियो । सो एम्बुलेन्स चलाउन नसकेर केही समय थन्काएर राखिएको थियो । 
एम्बुलेन्स पुनः गाउँमा झिकाएर नयाँ समिति गठन गरी फेरि संचालनको तयारी गरिएको हो । आइतबार संस्थाका निवर्तमान अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर बल र लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापालगायतको उपस्थितिमा ७ सदस्यीय समिति गठन गरी तत्काल एम्बुलेन्स संचालनमा ल्याउने निर्णय समेत गरिएको लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष बलले जानकारी दिए ।

सम्बन्धित समाचार