लालबन्दी १० र १७ मा निर्माणाधिन नाला गुणस्तरहिन

623 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १० र १७ मा निर्माणाधिन अवस्थामा रहेको नाला गुणस्तरहिन भएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । लालबन्दी नगरपालिका १० मा ५ सय ८१ र लालबन्दी नगरपालिका १७ मा ६ सय मिटर नाला संघिय सरकारको लगानीमा निर्माण सुरु भएको भएपनि गुणस्तरहिन काम भएको भन्दै स्थानीयले केही भाग नाला भत्काईदिएका लालबन्दी नगरपालिका १० का एक स्थानीयले बताए ।


नाला बनाउन प्रयोग गरिएको इट्टामा पानी नहालेको,पिसिसिमा सिमेन्ट कम हालेको,सूचना बोर्ड नराखेको र मापदण्ड अनुसार काम नगरेको पाइएकाले लालबन्दी नगरपालिका १० मा निर्माणाधिन अवस्थामा रहेको केही भाग नाला भत्काएर पुन निर्माण गर्न लगाएको लालबन्दी नगरपालिका १० का स्थानीयले बताए ।
जनकपुरको चौधरी निर्माण सेवाले दुवै स्थानका नाला निर्माणका लागि करिब १४ प्रतिशत कममा ठेक्का पाएको छ । दुई स्थानका लागि भन्दै करिब रु १ करोड बजेट आएकोमा १४ प्रतिशत कममा नाला निर्माणको ठेक्का जनकपुरको चौधरी निर्माण सेवाले ठेक्का पाएको थियो ।
७५ सेन्टीमिटर गहिराई र चौडाईको नाला निर्माण गर्न भन्दै चौधरी निर्माण सेवा जनकपुरले २०८० असार मसान्तमा सक्ने भन्दै लिएको ठेक्काको निर्माण स्थलमा सूचना बोर्ड छैन् भने लालबन्दी नगरपालिका १७ मा रोड भन्दा पानी माथी र पानी भन्दा नाला माथी निर्माण गरिएको छ भने नाला निर्माण गर्न पिसिसि गर्दा कम सिमेन्ट हालेर निर्माण गरेको र स्थानीयले विरोध गरेपछि पिसिसि माथिबाट सिमेन्ट छर्किएको पाइएको छ ।
इन्जिनियर राजेश मिश्रले आफ्नो कारण निर्माण कार्यमा कुनै कमिकमजोरी नगरेको र विभिन्न पाँच प्याकेजको एउटै शिर्षकमा ठेक्का लागेका कारण सूचना बोर्ड अर्काे ठुलो साईडमा राखिएको बताए ।उनले निर्माण कार्यमा आफु रहेको समयमा कुनै प्रकारको कमिकमजोरी नरहेको तर आफु नभएको समयमा कामदारहरुले केके गरे त्यसको जवाफ दिन नसक्ने बताए ।


यता,चौधरी निर्माण सेवा जनकपुरका प्रतिनिधि गौतम रायले कामममा कुनै प्रकारको कमिकमजोरी नगरेको र कहि त्यस्तो नभएको दाबी गर्दै पन्छिए । तर उनी आफैँ निर्माण स्थलमा खटिएका छन् । उनले केही दिनदेखि नाला निर्माण कार्यमा पानी नहालेको स्विकार गरे ।निर्माण कम्पनी कहिले सडकलाई त कहिले प्राविधिहरुलाई आरोप लगाउँदै पन्छिने गरेको छ ।
आर्थिक वर्षको अन्त्यमा निर्माणको काम हुनु र गुणस्तरहिन काम हुनु नै भ्रष्टाचारको एक उद्दाहरण रहेको स्थानीयको भनाई छ । निर्माण कार्यमा रिद्धिसिद्धि ४३ ग्रेड ओपिसि सिमेन्ट प्रयोग गरिएको छ । नाला निर्माणमा यति ठुलो रकम रहेपनि नाला निर्माण पछि माथि स्लाप समेत नरहेको पाइएको छ ।

सम्बन्धित समाचार