लालबन्दी नव जीवनका प्र.अ. अधिकारी सहित तीन जना शिक्षक तारेखमा

324 Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित रहेको श्री नव जीवन विद्याश्रम मा.विका प्रधानाध्यापक सहित अरु दुई  जना शिक्षकलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले तारेखमा राखेको छ ।केही दिन पहिला सम्पन्न भएको कक्षा १२ को परीक्षामा अमर्यादित गतिविधि गरेका लालबन्दी नगरपालिका २ स्थित रहेको श्री नव जीवन विद्याश्रम मा.वि.का प्रधानाध्यापक भोल बहादुर अधिकारी र सोही विद्यालयकी शिक्षिका तोरणा भुजेल सहित हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा आवाशिय विद्यालयका लेखा शिक्षक राजेश पटेललाई जिल्ला प्रशासन कार्यालयले तारेखमा राखेको पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्लास्तरिय परीक्षा सञ्चालन समितिका संयोजक तुलसी बहादुर श्रेष्ठ सहितको टिमले परीक्षाको स्थलगत अवलोक गर्दा उनीहरुले कक्षा १२ को परीक्षा सञ्चालनको समयमा परीक्षा हलमा मोबाइल प्रयोग गरेर परीक्षाको मर्यादाको धज्जी उडाएका पाइएपछि उनीहरुलाई तारेखमा राखिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला स्तरियक्ष परीक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहितको टोलीले परीक्षाको स्थलगत अवलोकन गर्दा लालबन्दी नगरपालिका २ स्थित रहेको श्री नव जीवन विद्याश्रम मा.वि.की शिक्षिका भुजेल निरिक्षक रहेको कक्षा कोठामा पाँच वटा मोवाईल फेला परेको थियो ।त्यसपछि कमलामाई मिडिया प्रा.लिले समाचार प्रकाशन गरेपछि प्रधानाध्यापक अधिकारीले लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीलाई फोन गरी कमलामाई मिडिया प्रा.लि.लाई धम्क्याउने काम समेत भएको थियो ।

सम्बन्धित समाचार