सर्लाहीको संग्रामपुर,नारायणपुर र पर्साका साथै त्रिभुवननगर र मलंगवाका नाकाबाट ठूलो मात्रामा तस्करी भएको पाइएको छ।जिल्लाको पुर्वी नाका संग्रामपुर नारायणपुर र पर्साका साथै त्रिभुवननगर र मलंगवाका नाकाहरुबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ठूलो मात्रामा तस्करी भएको पाइएको हो ।भारतबाट भन्सार छली कपडा,चिनी,काजु,हार्डवेयरका सामानह,किरानाका सामानहरु र मोटर पार्टसहरुका साथै चामल,दाल,सख्खर र मसला सिमाको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरु कै मिलेमतोमा चर्काे कमिसनको चलखेल भएर नेपाल भित्रने गरेका एक व्यापारीले नै बताए।
उनका अनुसार सदाम,नने,नेराजुल,सेराजुल,सन्तोष,उमेश,विजय,पुकार,अजय,दिनेश,रमेश,नरेश, लगायतका करिब एक दर्जन व्यापारीहरुले शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक महेश दाहाल,शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)सखुअवाका शसस्त्र प्रहरीका सई बोल बहादुर बडुवाल,शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)त्रिभुवननगरका शसस्त्र प्रहरी निरिक्षक सन्जु खत्री र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका शसस्त्र प्रहरी नायव उपरिक्षक उज्वल लामिछानेलाई ठूलो रकम कमिसन दिएर भारतबाट भारतबाट भन्सार छली कपडा,चिनी,काजु,हार्डवेयरका सामानह,किरानाका सामानहरु र मोटर पार्टसहरुका साथै चामल,दाल,सख्खर र मसला भन्सार छली नेपाल ल्याउने र नेपालबाट कस्मेटिकका सामानहरु,मद्यिरा र कवाडी भन्सार छली भारतीय बजारहरुमा पुर्याउने गरेका ती व्यापारीले बताए ।
उनका अनुसार शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक दाहालले मासिक करिब आठ लाख,शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)सखुअवाका शसस्त्र प्रहरीका सई बडुवालले मासिक करिब रु दुई लाख,शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)त्रिभुवननगरका शसस्त्र प्रहरी निरिक्षक खत्रीले मासिक करिब रु नौ लाख र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका शसस्त्र प्रहरी नायव उपरिक्षक लामिछानेले मासिक करिब रु १२ लाख सदाम,नने,नेराजुल,सेराजुल,सन्तोष,उमेश,विजय,पुकार,अजय,दिनेश,रमेश,नरेश, लगायतका करिब एक दर्जन व्यापारीहरुसंग कमिसन असुल्ने गरेका छन् ।
स्रोतका अनुसार शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका शसस्त्र प्रहरी नायव उपरिक्षक लामिछानेले करिब एक साता पहिला रु सदाम र ननेसंग कवाडीको कारोबार गर्न भन्दै चार लाख कमिसन लिएका छन् ।शसस्त्र प्रहरी वल नेपाल नम्बर १० हेंक्वा गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद खनाललाई गुम्राहमा पारेर शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका शसस्त्र प्रहरी नायव उपरिक्षक लामिछानेको निर्देशनमा शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक दाहाल,शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)सखुअवाका शसस्त्र प्रहरीका सई बडुवाल र शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(विओपी)त्रिभुवननगरका शसस्त्र प्रहरी निरिक्षक खत्रीले कमिसन खाएर लाईन चलाएका पाइएको छ।ती व्यापारीहरुले संग्रामपुर,नारायणपुर,पर्सा,सखुअवाका साथै त्रिभुवननगर र मलंगवा नाकाबाट सर्लाहीको बयलवास,हरिपुर,लालबन्दी,बरहथवाका साथै हरिवनका विभिन्न स्थानहरुमा संकलन केन्द्र बनाई दोलखा र काठमाण्डौँ लगायतका ठाउँ समम भन्सार छलीका सामानहरुसहजै पुर्याउने गरेका पाइएको छ ।