पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित फुलजोरबाट भरुवा बन्दुक सहित एक जनालाई वनकर्मीहरुको टोलीले नियन्त्रणमा लिएको छ। नियमित वन गस्तीमा निस्केको सव डिभिजन वन कार्यालय घारीको वनकर्मीहरुको टोलीले पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित फुलजोरबाट लोड भरुवा बन्दुक सहित स्थानीय अन्दाजी वर्ष ३४ का गोविन्द बस्नेतलाई वनकर्मीहरुको टोलीले नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय घारीका प्रमुख एवम सहायक वन अधिकृत रत्न बहादुर वि.कले जानकारी दिए ।
उनका अनुसार माघ ९ गते राती करिब १ बजे नियमित वन गस्तीमा निस्केको वनकर्मीहरुको टोलीले फुलजोर चोकमा भरुवा बन्दुक लोड गरी जंगली जनावरहरुको सिकार गर्न जानका लागि तयारी रहेका बस्नेतलाई नियन्त्रणमा लिएपछि आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासलाई बुझाएको भएपनि प्रहरी टोलीले हाल सम्मपनि उनलाई सार्वजनिक गरेको छैन्।
स्थानीय जनप्रतिनिधि साथै विभिन्न राजनीतिक दलका नेताहरुले प्रहरीलाई दवाव सृजना गरेका कारण प्रहरीले उनको विवरण सार्वजनिक नगरेको स्थानीयको आरोप छ।सो विषयमा ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासमा बुझ्दा बस्नेतलाई लोड भएको भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको पुष्टि गरे ।
पछिल्लो समय सर्लाहीका राष्ट्रिय, सामुदायिक तथा साझेदारी वन क्षेत्रबाट हुने वनजन्य पदार्थ तथा वस्तुको चोरी तस्करी नियन्त्रणमा गर्न जिल्लाका सव डिभिजन वन कार्यालयहरुका साथै डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीको टोली राती पनि सक्रिय भएर गस्तीमा खटेको पाइएको छ।जसका कारण पछिल्लो समय वन अतिक्रमणका साथै वनजन्य पदार्थ र वस्तुको चोर तस्करी कम हुँदै गरेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।
जिल्लाका विभिन्न स्थानमा भएको वन अतिक्रमण हटाउने,सामुदायिक वन उपभोक्ता समुहहरुले संकलन गरेको काठ दाउराको स्थलगत अवलोकन, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र सदस्यहरुलाई अनौपचारीक रुपमा वनजन्य पदार्थ तथा वस्तुको चोरी तस्करी न्यूनिकरण गर्न साथै वनको संरक्षण गर्न सुझाब सल्लाह समेत दिने गरिएका कारण उनीहरु समेत सक्रिय भएकाले वनजन्य पदार्थ तथा वस्तुको चोरी तस्करी र वन अतिक्रमणका घटनाहरु न्यूनिकरण तर्फ गएका डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।