लालबन्दीका मिठाई पसल र खाद्यान्न पसलको अनुगमन

373 Shares

जिल्लास्तरिय अनुगमन समितिले सर्लाहीको लालबन्दी बजारका विभिन्न मिठाई पसलहरु र खाद्यान्न पसलहरुको अनुगमन गरेको छ।लालबन्दी बजारका विभिन्न मिठाई पसलहरु र विभिन्न खाद्यान्न पसलहरुमा गरिएको स्थलगत अनुगमनमा ११ वटा खाद्यान्नका पसलहरु सहित मिठाई पसलहरुलाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलले जानकारी दिए ।उनका अनुसार लालबन्दी बजारका १३ वटा खाद्यान्न तथा मिठाई पसलहरुमा गरिएको अनुगमनको क्रममा ११ वटा खाद्यान्न तथा मिठाई पसलहरुलाई प्रति पसल रु पाँच हजार देखि १५ हजार सम्म जरिवाना गरिएको छ ।
अनुगमनको क्रममा खाद्यान्न सपलहरुमा प्रयोगम्याद सकिएका र मिठाई पसलहरुमा सरसफाई नगरिएको पाइएपछि पहिलो पटक प्रति पसल रु पाँच हजार देखि १५ हजार सम्म जरिवाना गरिएको र यही प्रक्रिया दोहोर्याए अझ बढी जरिवाना गरिने खाद्य गुण तथा प्रविधि नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख भरत पुरीले बताए ।उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख संजिव दुवे,ईलाका प्रहरी कार्यालय लालबन्दी र उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्तो समेतको उपस्थितिमा लालबन्दी बजारका विभिन्न मिठाई पसलहरु र खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो।चाडपर्वको समयमा व्यापारीहरुले उपभोक्ता ठग्ने गरेका गुनासो पछि पहिलो चरणमा खाद्यान्न तथा मिठाई पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार