शंखर पहाडी(गौरब)
सर्लाहीको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले करिब तीन दशकको शिक्षण पेसालाई अवकाश अवधि अगावै चटक्कै छाड्नुपर्ला भन्ने सोचेकी थिइनन् । संघीयताको अभ्याससँगै २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा उनलाई सर्लाहीको बरहथवा नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बन्ने अवसर जु¥यो । र चुनावमा होमिदा पराजय बोर्हाेन बाध्यभईन् ।तथापी पनि तर राजनीतिलाई उनले बिट मारिनन् ।
त्यसपछिको पाँचवर्षे सक्रिय राजनीति र जनतासँगको घुलमिल पछि गत वैशाखको स्थानीय तहको निर्वाचनमा तत्कालीन नगर प्रमुख नेकपा(माओवादी केन्द्र)का देवानन्द महतोलाई दोब्बर मतले पराजित गर्दै नगरपालिकाको नेतृत्वमा कटुवाल पुगिन । अशिक्षा र गरीबि व्याप्त मधेसमा उनको नेतृत्व यतिखेर अर्थपूर्ण र उदाहरणीय बनेको छ ।
जमिनदार बाबु उजिरबहादुर कटुवालकी छोरी ५५ वर्षीया कटुवाल मधेश प्रदेश मै जन्मीएर हुर्कीएकी कटुवाल परिवारकी माइली श्रीमती तर्फकी एक्ली सन्तान कटुवालको हुर्काइ,बढाइ र पढाइ आमासंगै मावल तिरै भयो । बरहथवाको सबैभन्दा पुरानो स्कुल चक्र जनता शहिद गंगा माविबाट एसएलसी सकेपछि उनले २०४५ सालदेखि सोही विद्यालयको प्राथमिक तहमा अध्यापन गराउन थालिन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न्नु भन्दा एक वर्षअघि मात्रै प्रावि तहको प्रथम श्रेणीमा बढुवा भएकी कटुवालले औपचारिक शिक्षा बीएड हासिल गरिन छ । लामो समयदेखि शिक्षण पेसामा आबद्ध कटुवाललाई २०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा उम्मेदवार बन्न नेकपा(एमाले)ले प्रस्ताव ल्यायो । उनी हुँदा खाँदाको जागिर छाडेर चुनाव लड्ने पक्षमा नरहेपनि चिनेजानेका सबैले र पार्टी पंक्तिले नै भनेपछि चुनाव लडिन् ।‘मैले पनि यसो सम्झें,मेरो चेतनाको तह अगाडि बढिसक्यो,परिवारका लागि जति गरें गरें,अब समाजका लागि पनि केही समय दिनुपर्छ भनेर यतातिर प्रवेश गरें ।’नगर प्रमुख बटुवालले बताईन् ।
उनी पहिल्यैदेखि समाजका बेथिति र विकृति विरुद्ध बोल्न रुचाउथिन् । उनले शिक्षण पेसामा हुँदा पनि विद्यार्थीहरुको जीवन र भविष्यसँग जोडिएका विषयहरुलाई मुख्य रुपमा उठाउने गरेकी थिएन् । शिक्षाका बेथिति र सामाजिक विभेदबारे बोल्दा सधैं उनले अनेक राजनीतिक प्रहार खेप्नु पथ्र्याे। ‘मलाई यो कुरो ठीक छैन भनेर बोल्न मन लाग्छ । तर म एउटा कर्मचारी हुँ भन्ने कारणले रोकिहाल्थ्यो । त्यसैले पनि मलाई राजनीतिमा जानुपर्छ भन्ने लाग्यो,’उनले कमलामाई मिडिया प्रा.लिसंग बताएन् । ममा विद्यार्थीकालदेखि नै राजनीतिप्रति लगाव थियो । २०३७ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेकी उनले त्यति बेलै आफू कम्युनिस्ट दलप्रति आकर्षित भएको बताइन् ।
“शिक्षक भइसकेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर अप्रत्यक्ष रूपमा एमालेको राजनीतिमा सक्रिय भएँ,पछि नगर प्रमुख पदको उम्मेदवार हुने भएपछि जागिर छाडेर राजनीतिक यात्रामा लागेँ ।”नगर प्रमुख कटुवालले बताईन् । जति बेला एमालेको सक्रिय राजनीतिमा हिँड्न खोजीन त्यति बेला उनलाई थाहा थियो,यो समाजले महिलाको नेतृत्व सजिलै स्विकार्दैन । सकारात्मक विचार राख्दा पनि घोचपेच हुने,महिलाले बोल्यो भनेर हँसी मजाक गर्ने चलनबारे उनी जानकारी थिईन् ।
त्यसैले उनलाई लाग्थ्यो,बोल्न सक्ने महिलाको अवस्था त यस्तो छ भने ग्रामीण भेगका सीमान्तकृत महिलाको अवस्था के होला ?त्यसैले पनि उनले बोल्न नसक्नेहरूलाई हौसला दिन पनि चुनाव मार्फत महिला अगाडि आउनैपर्छ भन्ने सोचीन । पहिलो निर्वाचनमा पराजय भोगेपछि पनि उनी जनतासँगै रहिन । उनी बच्चा जन्मेपछि गरिने छठियारको रमाइलोदेखि अस्थि उठाउँदाको शोकसम्म बरहथवा वासीहरूको साथमै रहिन् । त्यसैको प्रतिफल उनी दोस्रो पटक चुनावमा जित हासिल गर्न सफल भईन् ।
“पहाडिया मूलकी महिलालाई मधेसले गरेको भरोसा अनि विश्वास सम्झिँदा आफुलाई आफ्नो जिम्मेवारी झनै बढेको महसुस भएको छ ।”नगर प्रमुख बटुवालले बताईन् । कार्यकाल सुरु गरेको पहिलो तीन महिना उनी नगरपालिकाको फोहोर व्यवस्थापनमा लागीन् । नगरपालिकाको करिब तीन किलोमिटर सडक किनारमा वृक्षरोपण सोही अवधीमा भयो ।
अहिले उनी फोहोरबाट प्रांगारिक मल बनाउने तयारीमा लागेकी छन् । स्र्रोतसाधनले भ्याएसम्म बरहथवा वासीको जीवनस्तर उकास्न गरीबिको रेखामुनि रहेका वर्ग र समुदायको आधारभूत आवश्यकता पूरा गर्न,बेरोजगार युवालाई स्वरोजगार बनाउन,कृषि उपजको उचित मूल्य दिलाउन,बजार व्यवस्थापन र महिला सशक्तीकरण जस्ता कामलाई उनले प्राथमिकतामा राखेर काम गरि रहिन् ।
नगरभित्र अन्न,तेलहन,दलहन,नगदेबाली,तरकारीसम्म हरेक कृषि उपज उत्पादन भए पनि तिनले बजार नपाउँदा किसानहरु मर्कामा परेको कुराले उनलाई घोचिरहन्छ । यस्ता समस्या समाधान गर्न उनले आफ्नै कार्यकालमा शीतभण्डारदेखि कृषिको आधुनिकीकरण र सिँचाइका योजनामा जोड दिइन् । स्थानीय कच्चापदार्थमा आधारित उद्योग व्यवसाय अगाडि बढाउँदै रोजगारी सिर्जना गर्ने,बहुउद्देश्यीय उद्योग स्थापना गर्ने,उखु किसानका समस्या समाधान गर्न मध्यस्थकर्ता बन्ने योजना रहेको उनले बताईन् । बरहथवा बजारलाई सहरोन्मुख नगरका रूपमा विकास गर्ने र बढ्दो जनसंख्याका साथै सवारी साधनको चापलाई ध्यान दिएर सडक विस्तार गर्ने योजना आफ्नो रहेको नगर प्रमुख कटुवालले बताईन् । उनले आफ्नो कार्यकालमा नगरपालिकालाई साक्षर बनाउने,महिला शिक्षा,छोरीहरूलाई विद्यालय शिक्षामा जोड्ने,प्राविधिक शिक्षामा बढावा दिने योजनालाई पहिलो प्राथमिकता दिने बताईन् ।
मधेसमा दाइजो(तिलक)जस्ता हानिकारक अभ्यासका कारण छोरीलाई पढाउन अभिभावक त्यति अघि सर्दैनन् । त्यसैले यस्तो सोचाइलाई चिर्दै छोरीहरूलाई पनि अवसर दिने वातावरण बनाउन प्राविधिक सहयोगका लागि कार्यविधि बनाएर जाने,जेहन्दार एवम गरीब परिवारका छोरीलाई सहयोग गर्ने योजना पनि बनाएको नगर प्रमुख कटुवालले बताईन् ।
स्थानीय तहका साना साना आवश्यकतालाई उनले राम्ररी केलाएकी छन् । गरीबिको रेखामुनि रहेका धेरै जनता श्वासप्रश्वासको समस्या खेप्दा पनि स्वास्थ्य संस्थासम्म नपुग्ने गरेको,प्रसूति हुन अस्पताल नजाँदा शिशु र आमाको स्वास्थ्य खतरामा पर्ने,गर्भवती महिलाको स्वास्थ्य जटिलता जस्ता समस्या चिर्न आफू अघि सर्ने नगर प्रमुख कटुवालले बताईन् ।
पोषणको क्षेत्रमा सहयोग पु¥याउने गरी गर्भजाँचमा प्रेरित गर्न,गर्भवतीहरूको तथ्यांक संकलन गर्दै आवश्यक सेवा पु¥याउनेदेखि प्रसूति सेवाका लागि अस्पताल जान नसक्ने परिवारलाई आर्थिक सहयोग दिनेसम्मका योजना आफुसँग रहेका उनले सुनाइन् ।स्थानीय तहमा विद्यालयभन्दा मन्दिरका लागि योजना माग्नेहरू धेरै आउने गरेको उनको अनभुव छ । एउटै दुर्गा मेला एउटै वडामा तीनचार ठाउँ हुने र त्यसैका लागि चन्दा उठाइने गरेको देखेको नगर प्रमुख बटुवालले बताइन् । गुणस्तरीय शिक्षाका लागि छलफल नगर्ने,विद्यालयमा डेस्क–बेन्च छन् कि छैनन् भनेर चासो नदेखाउने तर मन्दिर र मेलाका लागि चन्दा उठाउन हिँड्नेहरू कै कारण मधेशमा अहिले पनि महिलाहरु पछाडि परेका उनको ठम्याई छ ।
“पहाडिया मूलकी महिलालाई मधेसले गरेको भरोसा अनि विश्वास सम्झिँदा आफुलाई आफ्नो जिम्मेवारी झनै बढेको महसुस हुन्छ र रातभर पनि नगरका आवश्यकता र योजनाहरुका बारेमा सोच्छु ।” नगर प्रमुख बटुवालले बताईन् । नगरभित्र विशेष गरी किसानहरुका समस्या,बेरोजगारहरुको समस्या,शिक्षाको समस्या, संकिर्णसमाज रुपान्तरणका योजनाहरु आफु सुतेको समयमा पनि उनको दिमागमा आईरहन्छन् ।बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवाल जिल्लामा एमालेको शाख र मधेश प्रदेशका एक सय ३६ स्थानीय तहका महिलाहरुको भरोसा हुन ।