मधेश प्रदेश र कोशी प्रदेश सहित देशभरका सुनचाँदी व्यवसायीहरूले नेपाल सरकारको अव्यवहारिक कर नीतिको विरोध गर्दै नजिकैका राजश्व कार्यालयहरु अगाडि केही समय धर्ना दिएका छन्।नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशनमा देशभरका सुनचाँदी व्यवसायीहरुले आफ्नो नजिकै रहेका करदाता सेवा कार्यालयहरु तथा आन्तरिक राजश्व कार्यालयहरु अगाडि केही समय धर्ना दिएका नेपाल सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए।उनका अनुसार हरेक जिल्लाका सुनचाँदी व्यवसायीहरुले र्याली सहित आफ्नो नजिकै रहेका करदाता सेवा कार्यालयहरु तथा आन्तरिक राजश्व कार्यालयहरु अगाडि केही समय धर्ना दिएका हुन ।

नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गर्दा सुनको हरेक गहनाको खरिद बिक्रीमा दुई प्रतिशत बिलासी कर र सुनको गहनामा जडान गरिने पत्थर, हिरा जवाहरातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि आफुहरु आन्दोलीत भएको नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहलेबताए ।सरकारले सुन आयात गर्दा १० प्रतिशत अग्रिम भन्सार महसुल कर असुली गरिरहेको छ भने थप गरिएको कर खारेजको माँग गर्दै आफुहरु विगत करिब तीन हप्तादेखि अनिश्चित कालका लागि सुनचाँदी पसलहरु बन्द गरेर आन्दोलनमा होकिएको अध्यक्ष साहले बताए ।
व्यवसायीले पहिलो चरणको आन्दोलन सुरु गर्नु भन्दा अगाडि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका साथै आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्याहरुका प्रमुखहरु मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई थप गरिएको कर खारेजको माँग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।तर संयुक्त रूपमा सरकार सञ्चालन गरिरहेका देशका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले)का नेताहरू टसमस नहुँदा सुनचाँदी व्यवसायीको समस्या ज्यूका त्यू रहेपछि आफुहरु सुनचाँदी पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।