फिल्म“मेयर”को छायांकन करिब दुई महिनामा सकियो

269 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको टिम र बागमतीको विकास निर्माणलाई जोडेर निर्माण हुन लागेको फिल्म“मेयर”को छायांकन सकिएको छ ।संघियता पछि स्थानीय तहहरुले विकास निर्माणका काम कसरी गर्नुपर्छ र विकास के के गर्न सकिन्छ ?भन्ने विषयलाई समेटेर निर्माण हुन लागेको फिल्म“मेयर”को छायांकन फागुन १६ गतेबाट सुरु भएको थियो ।

फिल्म“मेयर”को करिब दुई महिना लगाएर छायाँकन गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिकाले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार,सुशासन र पर्यटनका क्षेत्रमा गरेका कामहरु समेटेर फिल्म“मेयर”को छायांकन गरिएको हो ।देश संघिय संरचनामा गई भएको पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा थापाको नेतृत्वमा नेकपा(माओवादी केन्द्र)बाट जनप्रतिनिधिहरु निर्वाचित भएका छन्।राज्यले दिएको कुनैपनि सेवा सुविधा नलिएका नगर प्रमुख थापाको टिमले पहिलो कार्यकालमा बागमती नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न करिब एक दर्जन नगर गौरबका योजनाहरु अघि सारेर अहिले पनि काम गरि रहेको नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।

उनका अनुसार दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) करिब पाँच बिघामा नगर बगैँचा र करिब सय बिघामा फनपार्क निर्माण सुरु गरेको नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधार,स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नुका साथै स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी सृजना गरेको छ ।

आफूले पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको दुईदेखि तीन वर्षमा पूरा भएपछि करिब २० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने नगर प्रमुख थापाले दाबी गरे ।उनले यीनै विषयलाई समेटेर देशभरका अरु सात सय ५२ वटै स्थानीय निकायहरुका लागि मार्ग दर्शन बनोस भनेर फिल्म बनाउन लागेको बताए । फिल्मको शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने,वर्षा राउत,अर्पण थापा,अनुप बराल,दिव्य देव,प्रकाश घिमिरे,हरिहर शर्मा,रवीन्द्र झा,अर्विशा थापा,सञ्जोग रसाइली,आशान्त शर्मा, प्रभाकर न्यौपाने र झकेन बिसी लगायत अन्य कलाकारले अभिनय गरेको निर्माता खनालले बताए ।

सम्बन्धित समाचार