शारदा डिष्टिलरीको बदमासीःकर छल्नेदेखि वातावरण प्रदूषण,अर्थ मन्त्रीलाई प्रभाव पार्दै

139 Shares

सिरहाको चन्द्रउदयपुरमा रहेको शारदा डिष्टिलरी प्रा.लि.ले वातावरणीय प्रभाव मुल्यांकन नगरी २५ वर्ष भन्दा बढीदेखि उद्योग चलाई रहेको रहस्य बाहिरिएको छ।२०५६ सालमा स्थापना भएको डिष्टिलरीले वातावरणीय प्रभाव मुल्यांकन नगरेको,उद्योगबाट निस्कने फोहोर पानी सिधैँ खोल्सामा मिसाउने गरेको साथै खाद्य स्वश्छता समेत वेवास्था गरी खुलेआम रुपमा उद्योग चलाई रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले पत्राचार गरी आवश्यक कागजात लिएर आउन भनेपछि सो रहस्य बाहिरिएको हो ।
एक सय ३५ जना कर्मचारी रहेको उद्योगले कर्मचारीहरुलाई न्यूनतम पारिश्रमीक समेत नदिएको तथा कर्मचारी सामाजिक सुरक्षा कोष कट्टा नगरेको र राजश्वमा हानी नोक्सानी पुर्याएको समेत रहस्य बाहिरिएको हो। मारुती सिमेन्टसंग जोडिएको खाद्य उद्योगले खाद्यवस्तुको गुणस्तरमा लार्पबाही गरेको तथा कर्मचारीहरुलाई सुरक्षाको व्यवस्था समेत नगरेको पाइएको हो।
उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गर्दै नदीमा फोहोर फाल्ने गरेको,सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको तथा मजदुरको श्रम शोषण गर्ने गरेको समेत रहस्य बाहिरिएको छ ।स्थापना ताका नेपालभरी आफ्नो उत्पादन पठाउने गरेको उद्योगले भण्डारणको अनुमती समेत नलिएको पाइएको छ।उद्योगले दैनिक सयौँ लिटर फोहोर रासायनिक पदार्थ बिना प्रशोधन नै नजिकैको सोल्सामा फाल्ने गरेको छ।“रातको समयमा कालो पानी खोलामा पठाइन्छ,बिहान सम्म गन्ध आउछ र माछा मरेको देखिन्छ,यो उद्योग स्थापना भएदेखि कै समस्या रहेको भएपनि सरोकारवाला निकाय वेखबर देखिएको स्थानीयको आरोप छ ।
स्रोतका अनुसार उद्योगले उत्पादनको वास्तविक परिमाण कर कार्यालयमा नदेखाउने गरेको ,उत्पादन रिपोर्टमा हेरफेर गरेर ठूलो परिमाणमा सरकारी राजश्वमा हानी नोक्सानी पुर्याउने गरेको र सोको नियमन गर्न सम्बन्धी कार्यालयले ताकेता गर्दा माथिल्लो तहबाट दबाब सृजना गराउने गरेको समेत पाइएको छ ।
यसरी सरकारी राजस्व हडपेर उद्योग चलाउनेलाई संरक्षण मिल्नु आफैंमा प्रशासनिक बदमासी भएपनि साना व्यापारीलाई कडा निगरानी हुन्छ तर ठूला उद्योगहरू उम्किने गरेका एक स्थानीय व्यापारीले बताए ।उनका अनुसार उक्त उद्योगका सञ्चालक प्रमोद गोयांका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सदस्य हुन भने हालका अर्थ मन्त्री रामेश्वर खनाललाई अर्थ सचिव हुँदा देखि नै प्रलोभनमा पारेर आफ्नो पटकमा राख्ने कार्यमा सक्रिय छन् ।
उद्योगभित्र काम गर्ने मजदुरहरूले पनि अनुचित व्यवहार र न्यून तलबको गुनासो गरेका छन् ।“हाम्रो तलब महिनौँसम्म रोकिन्छ,सुरक्षा उपकरण बिना काम गर्नुपर्छ साथै कर्मचारी सामाजिक सुरक्षा कोष समेत कट्टा गरीदैन्।बिरामी हुँदा पनि बिदा पाईदैन् हाम्रो सम्पर्कमा आएका एक कर्मचारीले बताए ।
उद्योगबाट निस्कने दुर्गन्ध र फोहोरले आसपासका बस्तीमा बसोबास असह्य भएको स्थानीय बताउँछन्।किसानहरूले खोलाको पानी प्रदूषित भएपछि सिँचाइका लागि प्रयोग गर्न नसकिएको बताए। “पहिले यही पानीले बाली फल्थ्यो,अहिले त्यसले बाली सुकाउँछ,”स्थानीय एक किसानले भने।
उद्योगले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी उद्योग चलाई रहेको र परीक्षण नतिजा पनि शंकास्पद रहेको साथै वार्षिक रुपमा लेखापरिक्षण समेत नगरेको रहस्य बाहिरिएको छ। 
स्थानीयले गुनासो गरेपछि आफुहरुले उक्त उद्योगका सञ्चालक गोयांकालाई उत्त समस्या समाधान गर्न भनेको भएपनि उनले अटेर गरेका जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।पटक पटक मौखिक रुपमा जानकारी गराउँदा पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले उद्योगका नाममा पत्राचार नै गरेको छ ।
उद्योगका सञ्चालक आर्थिक तथा राजनीतिक पँहुचमा रहेका कारण उनलाई कानुनी कारबाहीबाट जोगाइँदै आएको आरोप पनि स्थानीयको छ।“उद्योगपतिहरुका पछाडि ठूला ठूला नेताहरू छन्,उनीहरुसंग निर्वाचनको समयमा नेताहरुले दाम लिन्छन् ।त्यसैले मन्त्रालयको आदेश पनि बेवास्ता हुन्छ।”एक नागरिक अभियान्ताले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
उद्योगको बदमासीले सिरहाको मिर्चैयाका स्थानीयबासीमा स्वास्थ्य,वातावरण र आर्थिक हितमा प्रत्यक्ष असर पारेको छ। स्थानीयले उद्योग सुधार वा बन्दको माग गर्दै चेतावनी दिएका छन्। तर,जबसम्म सरकार र नियामक निकायहरूले ठोस कदम चाल्दैनन् ।यो बदमासी रोकिँदैन भन्ने स्थानीयको ठम्याइ छ।
यता,उद्योगपति गोयांकाले पनि आफुले उद्योग स्थापना गर्दा देखि नै वातावरणीय प्रभाव मुल्यांकन नगरेको स्वीकार गरे।उनले कर्मचारीको सामाजिक सुरक्षा कोष नकाटेको,उद्योगबाट निस्केको फोहोर पानी खोल्सामा फाल्ने गरेको,नजिकै सिमेन्ट उद्योग रहेकाले खाद्य उद्योगलाई असर गरेको साथै खाद्य वस्तुको गुणस्तर मापन आफुहरु ले नै गर्ने गरेको समेत कमलामाई मिडिया प्रा.लिलाई बताए।त्यसका साथै उद्योगमा प्रयोग हुने फ्लेवरहरु समेत भन्सार छलेर ल्याउने र गुणस्तरहिन फ्लेवर प्रयोग गर्ने गरेको समेत पाइएको छ ।
संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक प्रत्याभूत गरेको भएपनि उद्योगले वातावरणीय प्रभाव मूल्यांकनको प्रभावकारी कार्यान्वयन नगर्दा पर्यावरणमा समेत प्रत्यक्ष प्रभाव पर्दै आएको छ।इन्सेकले मौलिक हक कार्यान्वयनका लागि मधेश प्रदेश वातावरण संरक्षण ऐन २०७६ र सो सम्बन्धी नियमावली, मधेश प्रदेश उद्योग व्यवसाय ऐन २०७७ र सो सम्बन्धी नियमावली,व्यवसाय सञ्चालन ऐन २०१७ र सो सम्बन्धी नियमावली,आयकर ऐन २०५८ र सो सम्बन्धी नियमावलीका साथै नेपालको मुलुकी ऐन २०२० र सो सम्बन्धी नियमावली तथा  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था गरिएका शर्त र मापदण्डहरु उद्योगले कार्यान्वयन नगरेको स्थानीयको आरोप छ। यस प्रकारका उद्योगहरुलाई राज्यले बनाएको नीति नियमले कुनै फरक नपरेपछि नेपाल सरकार कानून,नीति,नियम तर्जुमा गर्न अब्बल देखिए पनि तिनको कार्यान्वयन गराउन भने असफल भएको प्रष्ट हुन्छ ।

सम्बन्धित समाचार