लालबन्दी १ नवलपुरमा रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटा निर्माण हुने

2.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटा र्निाण हुने भएको छ। लालबन्दी नगरपालिका १ नवलपुर स्थित गोरू बजारमा करिब रु २० करोडको लागतमा रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटा निर्माण गर्न स्थलगत अवलोकन गरिएको मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले  जानकारी दिए ।
उनका अनुसार मन्त्रालयको प्राविधिक सहित लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी सहितको टोलीले लालबन्दी नगरपालिका १ नवलपुरमा रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटा निर्माण गरी सञ्चालनमा ल्याउन स्थलगत अवलोकन गरेका हुन ।
लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माण हुने रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटा मधेस प्रदेशकै पहिलो र सबै भन्दा ठुलो हुने लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले बताए ।उनका अनुसार लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माण हुने रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाँटाको निर्माण कार्य चाँडै नै सुरु हुने छ ।

सम्बन्धित समाचार