पत्रकार महासंघ सर्लाहीको गतिविधिले शुद्धीकरणमा प्रभाव पर्ने शंकेत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-७ गते   ६३७ पटक हेरिएको

शंखर पहाडी(गाैरब)

नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आधाबढी पत्रकारहरुलाई सदस्यबाट हटाउने विवादास्पद निर्णय गरेको छ ।

सदस्यता द्धिकरण अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे जिल्ला कार्यसमितिले महासंघमा आवद्ध ७६ जनामध्ये ३७ जनाको नाम मात्रै नविकरणका लागि सिफारिस गरेको नामावलीमा उल्लेख छ ।

त्यस्तै महासंघले दुई जनाको नाम मानार्थ सदस्यको लागि सिफारिस गरेको छ भने १३ जनाको नाम नयाँ सदस्यको लागि सिफारिस गरेको छ ।

महासंघले पत्रकार रोशन न्यौपाने,विश्वनाथ ठाकुर र शंकर श्रेष्ठसहितको तीन सदस्यीय कार्यदल बनाएर कार्यदलले सिफारिस गरेको नाम मात्रै नविकरणका लागि पठाएको जनाएको छ । महासंघले सिफारिस गरेको नाममा केही सक्रिय पत्रकारहरुले असन्तुष्टि जनाएका छन् ।

महासंघले आसेपासेहरुको नाममात्रै सिफारिस गरेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् । महासंघले सदस्यता सुद्धीकरण मापदण्डअनुसार कार्यदलले सिफारिस गरेको नाममात्रै सिफारिस गरेको दाबी गरेको भएपनि कतिपय निष्क्रिय सदस्यहरुको नाम पनि नविकरणका लागि सिफारिस हुनु दुःखद रहेको सुद्धीकरणमा परेका  एक सदस्यले बताए ।

‘ठिकै छ, सुद्धीकरण मापदण्ड अनुसार नै भयो तर केही साथीहरु छन् जसको नाम सिफारिस गर्न नै योग्य छैन ’उनीहरुलाई सिफारिस किन गरियो ? भन्ने मात्रै हाम्रो प्रश्न हो ।’ उनले भने, ‘महासंघलाई आफ्नो निजी प्राेपर्टी ठानियो । यो सरासर महासंघ सक्काउने खेल हो ।’

कार्यदल र महासंघले सिफारिस गरेको नाम र निर्णयमा पुनरविचार नगरिए आफूहरुले विरोध गर्ने बताउँदै ति सदस्यले महासंघमा पनि राजनीतिक हाबी हुनु दुःखद भएको बताए ।

प्रेस युनियन नेपाल सर्लाहीको  दबदवन रहेकाे नेपाल पत्रका महासंघ सर्लाही शाखामा यसपटक पनि साेही हुने देखिन्छ भने सदस्यता शुद्धीकरण पनि प्रभावित हुने देखिन्छ ।

त्यस्तै केही सदस्यहरुले कार्यदल र महासंघले कुन आधारमा आफूहरुको नाम हटाएको हो ? भनेर प्रश्न गरेका छन् । उनीहरुले कार्यदलमा बस्ने सदस्यकै सक्रियतामा प्रश्न उठेको भन्दै त्यस्ता सदस्यले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech