Close This

शुदुरपश्चिम-११ संग नेपाल पुलिस ७-६ ले पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-७ गते   २४२५ पटक हेरिएको

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत  साेमबार   दाेस्राे क्वाटरफाईनल खेल विभागिय नेपाल पुलिस क्लब काठमाडाैं र सुदूरपश्चिम-११, स्पाेर्ट क्लब धनगढीबीच खेल  भएकाे छ ।
बागमती नगरपालिका १२ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीच भएको खेलकाे निर्धारित समयमा कुनै गाेल हुन नसकेपछि खेललाई ट्राईबेकरमा लगिएको थियाे ।
ट्राईबेकमा भएको खेलमा शुदुरपश्चिम-११ स्पाेर्ट क्लबद्वारा नेपाल पुलिस क्लब ७-६ गाेल अन्तरले पराजित भएको छ ।
यसअघि नव जन जागृति फुटबल क्लब सिमरालाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे पुलिस क्लब र बाईमा परेकाे सुदूरपश्चिमबीचकाे खेल प्रतिष्पर्धात्मक भएको थियाे 
सिमरालाई जीेतेकाे पुलिस टिम केही दिनदेखि सर्लाहीमै बसिरहेकाे थियाे भने सुदूरपश्चिमकाे टाेली आईतबार साँझ बागमती आईपुगेकाे आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनु भयाे ।
 प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत गरि १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल आईस हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११स्पाेर्ट क्लब धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र  विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुनले भाग लिएका आयोजक बागमती युवा क्लबका महासचिब सागर कुमार मैनालीले जानकारी दिनुभयाे ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक,नेपाल आईस हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग र हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद रु २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष  मैनालीले जानकारी दिनुभयाे । मंगलबार हुने क्वाटर फाईनल खेलमा आयाेजक बागमङयुवा क्लब र न्युराे टिम एनआरटी क्लबविच खेल हुने आयाेजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech