बारामा नारायणगढबाट पथलैयातर्फ आउदै गरेकाे बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।
नारायणगढबाट पथलैयातर्फ आउदै गरेकाे बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरकाे यात्रु बस दुर्घटनाका हेटौंडा अस्पतालमा उपचारकाे लागि लगिएको भएको पनि हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको कमवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार चुरेहिल अस्पतालमा २ जना,मकवानपुर सहकारी अस्पतालमा १ र चितवनमा १ जनाको मृत्यु भएको छ । मृतक सबैको सनाखत हुन नसकेकाे मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा २० जना बढी जना घाइते भएका छन् भने घाइते दुई जनाको अवस्था गम्भीर रहेकाे छ । घाइतेहरुको चुरेहिल,हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।