कालिन्जाेर खाेलामा अवैध नदी दाेहन गर्ने सातवटा टिपर प्रहरीको नियन्त्रणमा

452 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित रहेकाे कालिन्जाेर खाेलामा अनाधिकृत रुपमा बालुवा तथा गिट्टी उत्खन्न गरिएको भन्दै प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिकाले कालिन्जाेर खाेला उत्खनन् गर्न भन्दै ठेक्का लगाई स्थानीय निर्माण व्यावसायीहरुले जेसिवि तथा स्काभेटरकाे प्रयाेग गरि हर्जनाैँकाे संख्यामा टिपरहरु खाेलामा हालेर अनाधिकृत रुपमा उत्खनन् गरेकाे गुनासाे आएपछि खटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलीले लाेड भएका सात वटा टिपरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दसपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टाेलीले ना. ८ ख ४०३७,ना. ७ ख ७५९२,ना. ३ क २१६,ना ८ ख ५५६६,मधेस प्रदेश -०१-००१ क ३२२,ना. ४ ख ३३९५ र प्रदेश नं. २-०२-००१ क ११३८ नम्बरको नदीजन्य पदार्थ लाेड भएको टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको हाे ।

१९ गते नियन्त्रणमा लिएका टिपरहरु र तिनका चालकहरुलाई आवश्यक कार्बाहीका लागि जिल्ला समन्वय समिति सर्लाही पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । तर नदीजन्य पदार्थ उत्खनन् भएको स्थानबाट जेसिवी तथा स्काभेटर भने प्रहरीले नियन्त्रणमा लिएको छैन् । यता,निर्माण व्यावसायीहरु र स्थानीय तहका जनप्रतिनिधिहरुका साथै प्राविधिकहरु विचकाे मिलेमताेमा ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धि मापदण्ड पूरा नगरी ठेक्का लगाउने परम्पराका कारण मधेश प्रदेशका खेतीयोग्य जमिन हरेक वर्ष मरुभूमिमा परिणत हुन थमलेका छन् भने पानीको सतह वर्षेनि भासिदै गएकाे स्थानीय जानकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार