जिल्ला अस्पताल सर्लाहीको पीसीआर ल्याब दुई दिनदेखि बन्द रहेको छ । पीसीआर ल्याब चलाउन चाहिने मास्टर मिस्क रिएजेन्ट सकिएकाले ल्याब बन्द गर्नुपरेको अस्पताल स्रोतले जनाउको छ । जसले गर्दा अस्पतालमा पुगेर स्वाब दिएका र विभिन्न ठाउँबाट संकलन गरेर लगिएको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।
लालबन्दी नगरपालिका १५,१६ परवानीपुर र हरिवन नगरपालिका ४ सासापुरबाट बिहीबार गएको स्वाबको पनि रिपोर्ट अझैँ आउन सकेको छैन् । जसका कारण कोरोनाको आशंका गरेर स्वाब दिएका बिरामीहरु समस्यामा परेका छन् । सुक्रवारसम्म अस्पतालको पीसीआर ल्याब संचालनमा रहेकोथियो । शनिबार र आज(आईतबार) ल्याब बन्द रहेकोले अस्पताल स्रोतले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जनकपुरबाट रिएजेन्ट आए लगतै ल्याब संचालनमा आउने जानकारी दिनु भयो ।