Close This

बैमानी सैतानी विरुद्ध उजुरी दिन सर्लाहीका जनतासंग माओवादी केन्द्रको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-४ गते   ६० पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) सर्लाहीले फरक र गंभिर निर्णयहरु गरेको छ । नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले फरक र गंभिर निर्णयहरु गरेको हो ।
मलंगवामा बसेको बैठकले स्वा. नेता डाचाराज वाग्लेलाई पार्टीले शहिद घोषणा गर्ने,पार्टि सदस्यता नविकरणलाई थप प्रभावकारी बनाउने, जिल्लाका २० वटै स्थानिय निकायको मंसिर ११ गते सम्म वडा र नगर सम्मेलन सम्पन्न गर्ने साथै सो कार्यका लागि सबै पालिकामा संयोजनकर्ता तय गरेको नेकपा(माओवादी केन्द्र)  सर्लाहीका सह इन्चार्ज लुमणि धिताल(लोचन)ले जानकारी दिनुभयो ।
त्यसैगरी पार्टीले सम्मेलन सम्पन्न गर्न निर्वाचन समिति निर्माण गरेको छ । सवै नेता कार्यकर्ताको जीवन शैलि सरल र सहज बनाउदै जन सम्बन्धलाई प्रगाढ बनाउने,बर्ग संघर्षकोे एउटा रुप मिटर ब्याजी र सुदखोर बिरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक बुढाथोकीले जानकारी  दिनुभयो ।
देशभरका कुनै पनि जिल्ला पार्टी कमिटिहरुले यस्तो निर्णय गर्न नसकेको अवस्थामा सर्लाहीले एक फरक र गंभिर निर्णय गरेको हो । पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुले कहिकतै बैमानी सैतानी गरेको पाएमा जनताबाट उजुरीको माग गरेको छ ।
मिटर ब्याजीको हैरानीमा परेका सर्लाहीका जनताहरुसंग सहयात्रागर्दै  मिटर व्याजी र बर्ग संघर्षकोे एउटा रुप सुदखोर बिरुद्धको आन्दोलनलाई शसक्त रुपमा अगाडी बढाउने र त्यस क्रममा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु पनि त्यस्ता कार्यमा संग्लग्न भएको पाइएमा आवश्यक कार्बाही गर्ने नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेताहरुले बताएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech