कौडेना ३ मा हुलाकी राजमार्ग डाइभर्सन

203 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको कौडेना गाउँपालिका ३ स्थित बाढीले बगाएर अवरुद्ध बनेको हुलाकी राजमार्गमा डाइभर्सन बनाएपछि साना सवारी साधन संचालन हुन थालेका छन् ।कौडेना गाउँपालिका ३ पर्सा गाउँ नजिकै एक सय ५० मिटर हुलाकी राजमार्गको पक्की सडक असोज १८ गतेको भीषण वर्षापछि लखन्देही खोलामा आएको बाढीले बगाएको थियो ।
उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय,योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै बिहीबारबाट साना सवारी साधनहरु सञ्चालन हुन थालेका कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार राय यादवले बताए ।उनका अनुसार दुई दिन र दुई रातको अथक प्रयासपछि एकतर्फि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको हो । 
सर्लाहीको दक्षिण पश्चिम क्षेत्रलाई सदरमुकाम मलंगवासंग जोड्ने मुख्य सडकको रुपमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्ग बाढीले बगाएपछि उत्पन्न समस्यालाई ध्यान दिँदै फुटेका इँटा र माटो ल्याएर डाइभर्सन तयार पारिएको हुलाकी राजमार्ग निर्देशनालय,योजना कार्यालय जनकपुरका प्रमुख एवम सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोलेले जनाए ।
बाढीले सडक बगाएपछि स्थानीय,नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर तत्काल बाँस र पटाको लच्का बनाएका सोही ठाउँमा अस्थायी डाइभर्सन बनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।उनका अनुसार कौडेनामा वर्षेनिजसो लखन्देहीको बाढी पसेर हुलाकी सडक बगाउने गरेकाले अब भने कलभर्ट निर्माण गरेर पानी निकास हुने व्यवस्था मिलाउन पहल गरिएको छ ।

सम्बन्धित समाचार