Close This

पीडितले कुनै नेता बोकेर आउन पर्दैन,सोझैँ मलाई भेट्नु ः डिएसपी भाट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१५ गते   ३०२४ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले पिडीत र सेवाग्राहीले कुनै नेतालाई नबोकी आए हुने बताउनु भएको छ । राजनैतिक दलका नेताहरुले प्रहरी र प्रशासन तथा सरकारी कार्यालयमा पुगेर भनसुन गरिदिए बापत राजनैतिक लाभ लिँने साथै वास्तविक पीडितले न्यान नपाउने भन्दै प्रहरी नायव उपरिक्षक भाटले पीडित आउँदा नेता नबोकी आउन आग्रह गर्नु भयो ।
वास्तविक पीडित र सेवाग्राहीले कुनै नेतालाई बोकेर आउन नपर्ने गरि काम गर्ने साथै वास्तविकता पहिचान गरेर आफुले काम गर्ने बताउँदै प्रहरी नायव उपरिक्षक भाटले पीडितले आफुहरुको समस्याका लागि प्रहरी छ भन्ने बुभ्न जरुरी रहेको कमलामाई मिडिाया प्रालिलाई बताउनु भयो । उहाँले प्रहरी कार्यालयमा आउँदा कुनै पनि सेवाग्राही र पीडितले कुनै पनि दलका नेता बोकेर आउने प्रथाको अन्त्य गर्ने पनि बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भाट सरुवा भएर आएपछि सो क्षेत्रमा हुने अवैध क्रियाकलापहरुका साथै गैर कानुनी क्रियाकलाप गर्नेहरुको निदहराम भएको छ ।
पिडित सोझै कार्यालय र मलाई सम्पर्क गरेर आफ्नो समस्या राख्न आए हुन्छ।’ उहाँले बताउनुभयो । ‘कुनै दलको नेताको हात समाएर पीडित कार्यालयमा आउने अवस्थाको अन्त्य हुनुपर्दछ।’ उहाँले बताउनु भयो ।
‘हामी कुनै दलका झण्डा बोक्ने कार्यकर्ता होइनौ।’ ‘राष्ट्रसेवक कर्मचारी भएकाले संगठनको निती अनुसार निष्पक्ष भएर काम गर्नुपर्छ, ।’ प्रहरी नायव उपरिक्षक भाटले बताउनु भयो ।आफ्नो कार्यालयको सेवा क्षेत्रभत्र रातभर मोबाइल गस्ती भईरहेकोपनि उहाँले बताउनु भयो । हक्की स्वभावका प्रहरी नायव उपरिक्षक भाटले आफ्नो सेवा क्षेत्र भित्रका स्थानमा हुने गैर कानुनी क्रियाकलाप र अवैध धन्दा गर्नेहरुको निद हराम गर्नु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech