राजश्व अनुसन्धान कार्यालय पथलैया कमिसन असुलीको अड्डा भएको व्यापारीहरुको गुनासो

685 Shares

राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई भन्सार छलीका सामानहरु ओसार पसार गर्ने व्यापारीहरुले चलाउने गरेको पाइएको छ।राजस्व छली नियन्त्रण एवम अनुसन्धान गर्न स्थापित राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई नै भन्सार छलीका सामानहरु ओसार पसार गर्ने व्यापारीहरुले आर्थिक चलखेल गरि आफ्नै ईसारामा चलाउने गरेका पाइएको हो ।पर्सा,बारा,रौतहट र सार्लहीका नेपाल भारत सीमा नाकाबाट हुने भन्सार छलीका गतिविधिहरुमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका केही अधिकृतहरु नै संग्लग्न हुने गरेका समेत पाइएको हो ।
बारा र पर्सा प्रहरीले भन्सार छलीको कपडा सहित नियन्त्रणमा लिएको ना ७ ख ६९५६ र मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मिनि ट्रक आवश्यक कार्बाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाइएको भएपनि आर्थिक चलखेल गरि उक्त सवारी साधनहरुलाई उन्मुत्ती दिएको पाइएको स्रोतले जनाएको छ ।शनिवार वीरगंज भन्सार कार्यालय (आइसिपि)बाट जांच पास भए पछि ना ७ ख ६९५६ नम्बरको मिनि ट्रकमा तस्करहरुले थप कपडा राखेर काठमाण्डौं तर्फ लैजांदै गरेको सुचना राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख प्रेम देवकोटालाई प्राप्त भए पछि उक्त मिनि ट्रक नियन्त्रणमा लिइएको थियो ।
उक्त मिनि ट्रकमा कपडा प्रज्ञापन एवम विल विजक भन्दा बढि रहेको सुचनाको आधारमा नियन्त्रणमा लिइएको विनोद रोडवेजको ना ७ ख ६९५६ नम्बरको मिनि ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका सुचना अधिकृत प्रमोद चौधरीको समन्वयमा विनोद रोडवेजका कर्मचारी मार्फत आवश्यक अन्य किर्ते कागजात मगाएर कागजात  मिलान गरी आइतवार चेकजांचको बाहना गरी आडिएको पाइएपछि राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई भन्सार छलीका सामानहरु ओसार पसार गर्ने व्यापारीहरुले चलाउने गरेको प्रष्ट भएको व्यापारीहरुको भनाई छ।
उक्त मिनि ट्रकमा विल विजक भन्दा बढि मालसामान रहेको भए पनि कसरी कैफियत नै नदेखाइ छाडियो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख देवकोटाले बढि भएको मालसामानको पछि जांचपास गराएको कागजात पेस गरेकोले छाडिएको बताए ।सोही मिनि ट्रक बारे राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका सुचना अधिकारी चौधरीसंग सञ्चारकर्मीहरुले जिज्ञासा राख्दा उनले प्रहरीले नियन्त्रणमा लिएर बुझाएको मिनि ट्रकमा कैफियत नदेखे पछि छाड्न लागेको बताए ।
यस अघि बैशाखको तेश्रो साता पर्सा प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको कपडा लोड रहेको मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मिनि ट्रक पनि चेकजांचको बाहना गरी आर्थिक चलखेल गरी कैफियत नदेखाइ छाडिएको समाचार स्रोतको दाबी छ ।
राजस्व अनुसन्धान कार्यालयले चेकजांच गर्दा कुनै निकायको प्रतिनिधि सहभागि गराइने प्रचलन नरहेकै कारण कर्मचारीहरुको मनोमानि बढ्नुका साथै आर्थिक चलखेल हुने गरेका कारण राजस्व छली कार्यलाई संरक्षण र राजश्वमा उल्लेख्य सुधार नआएको जानकारहरु बताउँछन् ।करिब डेढ वर्ष पहिला सर्लाहीको हरिवनबाट प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको ठुलो मात्राको भन्सार छलीको सामानमा पनि राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका अधिकृत तिर्थराज पासवानले आर्थिक चलखेल गरी कुनै कार्बाही विना छाड्दा सो सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको पाइएको थियो ।
राजस्व अनुसन्धान कार्यालयमा चेकजांचको लागी आउने मालबाहक सवारी साधनका धनी एवम व्यवसायीक फर्म तथा ट्रान्सपोटरहरुलाई मेस खर्च वापत मासिक खर्च दिन भन्दै राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका सुचना अधिकारी चौधरीले दवाव दिने गरेका व्यापारीहरुका गुनासो आएका छन् ।त्यति मात्र नभई राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका सुचना अधिकारी चौधरीले मालसामानमा केही कैफियत फेला परे पनि बिना कैफियत दिन आवस्यक कागजात मिलानका लागी सुझाव दिएर छुट्टै मोलमोलाई गरेर असुली गर्ने गरेका व्यापारीहरुको गुनासो छ ।केही समय पहिला त्यसैगरी भन्सार छली ओसार पसार भएका सामानहरु नष्ट गर्नुपर्नेमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका सुचना अधिकारी चौधरी र सुब्बा रवी नेपालीले संजय गुप्तालाई विक्रि गरेका समेत पाइएको थियो ।

सम्बन्धित समाचार