सर्लाहीको लालबन्दीमा नगर स्तरिय पौडेल बंश महासंघको नगर भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालिका १७ रानिगञ्जमा भएको नगरस्तरिय पौडेल बंश महासंघको नगर भेलाले गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय पौडेल बंश महासंघ लालबन्दी नगर कमिटी चयन गरिएको छ ।
पौडेल बंश महासंघका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिती सर्लाहीकी उप प्रमुख जमुना पौडेलको प्रमुख आतिथ्यता तथा पौडेल बन्धु सेवा समाज रानिगंजका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा भएको एक कार्यक्रममा पौडेल बंश महासंघ लालबन्दी नगर कमिटी सर्वसहमत रुपमा चयन गरिएको आयोजकले बताएको छ ।
गत फागुन २८ गते हरिवनमा बसेको पौडेल बंश महासंघ जिल्ला कार्य समिती सर्लाहीको बैठकले जिल्लाका सबै बीसवटै स्थानिय निकायमा पौडेल बंश महासंघको गठन गरिसक्ने निर्णय गरेको थियो । सोही अनुसार आइतबार लालबन्दीमा नगर कमिटी गठन गरिएको जिल्ला कोषाअध्यक्ष केशब राज पौडेलले जानकारी दिनुभयो ।
गठित कार्य समितिको उपाअध्यक्षमा राधा पौडेल ,सचिब पवन पौडेल, कोषाअध्यक्षमा उमा पौडेल सहित ९ सदस्यीय नगर कमिटि सर्वसहमत रुपमा चयन गरिएको हो । पौडेल बंशको बंशावली ,कुलपुजा रितितिथि,संस्कृतिक र परम्परालाई बचाउँदै र पौडेल बन्धुहरुको आयअर्जन जिबीकोपार्जनका साथै सामाजिक क्षेत्रका क्रियाकलापहरुमा सक्रिय बनाउन टेवा पुर्याउने उदेश्यले महासंघको गठन गरिएको जिल्ला समन्वय समिति सर्लाहीकी उप प्रमुश तथा कार्यक्रमकी प्रमुख अतिथी जमुना पौडेलले बताउनु भयो ।
भेलामा सहभागी पौडेल बन्धुहरुले महासंघलाई गति दिनका लागि अब युवाहरुलाई प्रविधी मैत्रीका साथै सामाजिक विकाशमा लाग्न प्रोत्साहन गर्नुपर्ने बताएका महासंघका जिल्ला सचिब प्रेमनाथ पौडेलले बताउनु भयो ।