गाउँपालिका अध्यक्ष सिंह र वडा अध्यक्ष झाको असुलीको अखडा दुर्गा भगवती गाउँपालिका

805 Shares

रौहतटको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष र वडा नम्बर ३ का वडा अध्यक्ष मिलेर गाउँपालिकामा दादागिरी गरी भ्रष्टाचार गरेको स्थानीयको आरोप छ।दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह र वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा मिलेर गाउँपालिकालाई भ्रष्टाचारको अखडा बनाएका स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार“दुर्गा भगवती गाउंपालिकाका अध्यक्ष सिंह र वडा नम्बर ३ मत्सरीका वडा अध्यक्ष झा सहित वडाका जनप्रतिनिधिहरु तथा वडा सचिवको मिलेमतोमा श्रीमान भएकालाई विद्युवा र श्रीमती भएकालाई विदुर बनाएर,गैर दलितलाई दलित,सरकारी सेवा निवृत कर्माचारीहरु र जन्म मिति सच्याई उमेर बढाएरसामाजिक सुरक्षा भक्ता वितरण गरेका छन् ।
“दुर्गा भगवती गाउँपालिका ३ का करिब एक सय २० जनालाई श्रीमान भएकालाई विद्युवा र श्रीमती भएकालाई विदुर बनाएर,गैर दलितलाई दलित,सरकारी सेवा निवृत कर्माचारीहरु र जन्म मिति सच्याई उमेर बढाएर सामाजीक सुरक्षा भक्ता बाँडिएको,वडा नम्बर ३ का वडा अध्यक्ष झा पहिलो पटक वडा अध्यक्ष हुँदा वडा सदस्य श्यामाकान्त झा र कमलेश झाका बुवा अमर कान्त झाको २०२० साललाई १७ वर्ष उमेर बढाएर २००३ बनाई समाजिक सुरक्षा भक्ता प्रदान गरिएको,उनकी श्रीमतीलाई विद्युवा बनाइ समाजिक सुरक्षा भक्ता प्रदान गरिएको,वडा अध्यक्ष झाले आफ्नै सासु हजुर आमाको ५ वर्ष उमेर बढाएर सामाजिक सुरक्षा भक्ता प्रदान गरेका,वडा कार्यालयका कार्यालय सहयोगी गगनदेव महराकी श्रीमतीलाई विद्युवा हो भन्ने कागजात बनाएर सामाजिक सुरक्षा भक्ता वितरण गरेका,सामाजिक सुरक्षा भक्तामा समावेश गरिएका ८ सय १४ जना मध्य जन्म मितिमा १२।३० र १ लेखिएका सबै जन्म मितिहरु फर्जि बनाइएको,५ जना राहत दरबन्दीका शिक्षकहरुलाई अन्यन्त्र सरुवा गरि नियुक्ती लिनु भन्दा ३ महिना पहिलाबाट तलब खुवाएको,शिक्षकको आवेदन माग गर्दा २१ देखि ४० वर्ष ननाघेको लेखेको भएपनि ४३ वर्षका मानिसलाई नियुक्ती दिइएको,वडा अध्यक्ष झाकी बहिनी ज्वाई केशव कुमार झा भारतको हरपुरका नागरिक भएपनि झुटो विवरण पेश गरि नेपाली नागरिकता दिएला कोरोनाको अति विपन्न नागरिकहरुको नाममा आएको १० हजार दिलाएको,अति विपन्न नागरिकहरुको नाममा आएको प्रति व्यक्ति रु १० हजार आफ्नै आसेपासे र  सम्पन्न मानिसहरुलाई प्रदान गरेको साथै खोला,बाढी पीडितहरुका लागि आएको क्षेतीपुर्ति वापतको रकम आफ्ना आसेपासेलाई दिलाएको” लगायतका आरोप लगाएका छन् ।
सो विषयमा जिल्ला प्रशासन कार्यालय रौतहट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा समेत उजुरी परेको भएपनि आर्थिक चलखेल गरि गाउँपालिका अध्यक्ष सिंह र वडा अध्यक्ष झालाई कुनै कार्बाही नभएको स्थानीयको गुनासो छ ।
विभिन्न निकायहरुमा उजुरी परेपछि अत्तालिएका गाउँपालिका अध्यक्ष सिंह र वडा अध्यक्ष झाले २० जनालाई यसैगरी झुटो विवरण बनाई वितरण गरिएको सामाजिक सुरक्षा भक्ता फिर्ता समेत गराएका छन् । दुर्गा भगवती गाउँपालिका ३ का महाकला देवी,मनदोदरी देवी,पुनम देवी,फुलशंकर कुमारी देवी,शैल देवी झा,भारती देवी,संझा देवी,माया देवी बाहुनी,मुन्द्रिका देवी,ललिता देवी बाहुनी,सुकाती देवी,नैनावती मालिनी,भगवनीया देवी मालिनी,सोनापति देवी,आर्या देवी बाहुनी,निर्मला देवी बाहुनी, सकुन्तला झा,रेणु देवी र वैदेहि देवीले खाईपाई आएको सामाजिक सुरक्षा भक्ताको रकम फिर्ता गराएका पाइएको छ ।

सम्बन्धित समाचार