जिल्ला हुलाक कार्यालय सर्लाही सहित जिल्लाका छ स्थानबाट पिट्स सेवा सञ्चालन गरेको छ।जिल्लाका २० वटा पालिका मध्य पाँच वटा वटा पालिका हुलाक कार्यालय सहित जिल्ला हुलाक कार्यालय गरी छ वटा हुलाक कार्यालयबाट पिट्स सेवा सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार १९ वटा पालिका हुलाक कार्यालय,एउटा जिल्ला हुलाक कार्यालय र ९९ वटा अतिरित्त हुलाक कार्यालय र एउटा हुलाक काउन्टर रहेको सर्लाहीमा दर्ता गरेको पत्रहरु सम्बन्धित स्थानमा पुगे/नपुगेको र कहाँ÷कसले प्राप्त गरेको भन्ने विवरण अनलाइनको माध्यमबाट हेर्न सकिने प्रणाली पिट्स सेवा छ स्थानबाट सञ्चालन गरिएको हो ।
कार्यालयका अनुसार जिल्ला हुलाक कार्यालय सर्लाही,पालिका हुलाक कार्यालय लालबन्दी,हरिवन,बरहथवा,इश्वरपुर र गोडैताबाट पिट्स सेवा सञ्चालनमा आएको हो।जिल्लाको कविलासी पालिका हुलाक कार्यालय,हरिपुर र चक्रघट्टा गरी तीन पालिका हुलाक कार्यालयबाट पिट्स सञ्चालनको तयारी गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका १९ वटा पालिका हुलाक कार्यालय र हुलाक काउन्टर बीका साथै जिल्ला हुलाक कार्यालय सर्लाहीमा डिजिटल हाजिरी जडान गरिएको छ । ३१ जना स्थायी,३४ जना करार कर्मचारी कार्यरत रहेका सर्लाही हुलाकमा १६ जना कर्मचारीहरुको दरवन्दी रिक्त रहेको छ।जिल्ला हुलाक कार्यालय सहित जिल्लाका सबै पालिका हुलाक कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भई रहेका कार्यालयले जनाएको छ।तर प्राप्त सूचना अनुसार जिल्लाका केही पालिका हुलाक कार्यालयहरु भाडामा सञ्चालनमा रहेका पाइएको छ ।
जिल्ला हुलाक कार्यालय सर्लाहीका सूचना अधिकारी प्राताप लामाल उपलब्ध गराएको सूचना अनुसार पिट्स सेवा सञ्चालनमा आएपछि दर्ता गरेको पत्रहरु सम्बन्धित स्थानमा पुगे÷नपुगेको र कहाँ÷कसले प्राप्त गरेको भन्ने विवरण अनलाइनको माध्यमबाट हेर्न सकिने भएको छ।उनका अनुसार सेवाग्राहीहरुलाई पनि प्रभावकारी,भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्न राहत पुगोस भनेर पिट्स सेवा सञ्चालनमा ल्याईएको हो ।
हुलाकबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधि मैत्री,पारदर्शी र छिटो छरितो बनाउन जिल्ला हुलाक कार्यालय सर्लाही मातहतका विभिन्न कार्यालयहरुका काम कार्बाही प्रभावकारी बनाउने सवालमा मातहतका कार्यालय प्रमुखहरुसंग समय समयमा छलफल समेत हुने गरेको कार्यालयले जनाएको छ ।
के हो पिट्स सेवा ?
यो हुलाक सेवा अन्तर्गत प्रयोग गरिने एक प्रकारको सूचना व्यवस्थापन प्रणालीलाई पिट्स सेवा भनिन्छ।जसले हुलाक कार्यालयबाट पठाइने तथा प्राप्त गरिने सामग्रीहरूको ट्र्याकिङ र व्यवस्थापन गर्न मद्दत पु¥याउँछ।
हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै पत्रपत्रिका,पार्सल र अन्य सामग्रीहरूको व्यवस्थापन कम्प्युटर प्रणालीबाट गर्ने,पठाइएका सामग्री कहाँ पुगेका छन् भन्ने जानकारी तत्काल उपलब्ध गराउने,सेवाको गति र सटिकतामा सुधार गर्न र सामग्रीको स्थितिबारे सेवाग्राही तथा सेवा प्रदायकलाई सहजै जानकारी गराउन प्रविधियुक्त प्रणाली पिट्स सेवाले सहयोग पुर्याउने हुलाक कार्यालयले विश्वास लिएको छ।नेपालमा हुलाक सेवामा पिट्स सेवा लागू गर्नाले ग्राहकले आफ्नो सामाग्रीको अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सक्ने र सेवा अझ प्रभावकारी,भरपर्दो र बिश्वसनिय बनाउँन सहयोग पुग्ने छ।