खाद्य आयात निर्यात कार्यालय जलेश्वरद्धारा ३० लाख राजश्व संकलन

536 Shares

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर,महोत्तरीले आर्थिक वर्ष २०८०।०८१ मा रु ३० लाख राजश्व संकलन गरेको छ।तरकारी,फलफुल तथा खाद्यान्न र दलहन सामानहरुबाट आर्थिक वर्ष २०८०।०८१ मा रु ३० लाख राजश्व संकलन भएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर,महोत्तरीका प्रमुख प्रमोद चन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ आएकाले यसको कार्यन्वयन गर्न थालेपछि राजश्वमा थप बृद्धि हुने छ ।खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर,महोत्तरीले खाद्य पदार्थको पैठारी पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमती लिनु पर्ने सम्बन्धमा पैठारीकर्ताहरुका लागि सूचना समेत जारी गरेको छ ।
“मिति २०८१ साउन १९ गतेदेखि लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को दफा १३ को उपदफा (१) वमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थको पैठारी गर्नु अघि विभाग वा विभागले तोकेको कार्यालयवाट स्वीकृति लिनु पर्ने र उपदफा (२) वमोजिम खाद्य पदार्थ पैठारी गर्नु अघि स्वीकृति प्राप्त गरि पैठारीका लागि प्रवेश नाकामा ल्याईएका खाद्य पदार्थ नेपाल भित्र पैठारी गर्नु अघि विभाग वा विभागले तोकेको कार्यालयवाट प्रवेश अनुमति लिनु पर्ने अनिवार्य प्रावधान रहेको र सो वमोजिम नगरेमा ऐनको दफा ४० (ग) वमोजिम कसूर गरेको मानिने भएकोले ऐनको दफा २ (घ) वमोजिम परिभाषित सम्पूर्ण खाद्य पदार्थहरुको पैठारी गर्नु अघि विभागवाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आए पश्चात भन्सार नाका स्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयवाट प्रवेश अनुमति लिई मात्र खाद्य पदार्थ पैठारी गर्नु÷गराउनु हुन सम्पुर्ण खाद्य पदार्थ पैठारीकर्ताहरुलाई सूचित गरिन्छ।अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ वमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।”कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ ल्याएको छ ।

सम्बन्धित समाचार