अन्तर्राष्ट्रिय बजारमा ख्यातीप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नव समृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।
काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको आयोजकले बताएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गर्नु भएको हो ।
एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलो पटक ल्याइएको हो। उद्घाटन कार्यक्रममा अभिनेत्री शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताउनु भयो । दरबारमार्ग स्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नव समृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताउनुभयो।
‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुने छन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने थापाले बताउनु भयो ।भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने योजना रहेको नव समृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीले बताउनु भयो । एक महिना भित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने केसीको भनाई छ ।‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी,हेटौँडा र बुटवलमा एक वर्षभित्रमा भेन्चुरिनीका शाखाहरु विस्तार गरिने आयोजकको भनाई छ।’
इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपालीउपभोक्ताले लाभलिन सक्ने नव समृद्धिका निर्देशक सुदिप चन्द्र बख्रेलले बताउनु भयो ।‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको उहाँको भनाई छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास लिएको बख्रेलले बताउनु भयो ।।कोरोना प्रकोपका कारण व्यापारको शैली बद्लिएकाले अब अनलाइन मार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उहाँले बताउनु भयो ।
त्यसैगरी भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राख्नु भयो । विश्व व्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभहुने शर्माको धारणा छ।
‘म ब्रान्ड प्रति त्यतिकन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यही प्रयोग गर्छु,’शर्माले बताउनु भयो ।‘हामीले गुणस्तरमा ध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यान दिएकाले नेपाली उपभोक्ताहरु लाभलिन हुने आफुले अनुमाान गरेको शर्माको भनाई छ। ’
मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राख्नु भयो । त्यसैगरी, अभिनेत्री एलिजा गौतम र कलाकार प्रशान्त ताम्राकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको थियो । नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्डले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नु भयो ।‘फेन्चाइज रुपमा नेपाल भित्रिएको भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिकलाभ लिन सक्नेमा विश्वस्त हुन सकिने धमलाले बताउनु भयो ।