सर्लाहीका १० पालिकाको सोमबार एकै पटक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत

423 Shares

सर्लाहीका १० वटा पालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
जिल्लाको बरहथवा,लालबन्दी, हरिवन,हरिपुर,गोडैता,मलंगवा,बलरा,कविलासी,हरिपुर्वा,ईश्वरपुर नगरपालिकाका साथै रामनगर,ब्रम्हपुरी,बसबरिया,चक्रघट्टा,कौडेना,धनकौल र पर्सा लगायत पालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान सहित भ्रटाचार मुद्धामा निलम्बन परेका कारण बागमती नगरपालिकाको आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रम अन्यौल परेको छ ।
त्यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल प्रसाद यादव उपचारमा रहेका कारण कार्यक्रम हुन सकेको छैन् भने चन्द्रनगर गाउँपालिकाले पनि कार्यक्रम सूरु गर्न जनप्रतिनिधिहरु बिच छलफल जारी रहेको छ ।
गतवर्ष जनप्रतिनिधिहरु बीचको विवाद एवम राजनैतिक हस्तक्षेपका कारण गत फागुन ७ गतेमात्र नगरपरिषद् सम्पन्न गर्न सकेको हरिपूर्वा नगरपालिकाले यो वर्ष भने बेलैमा वार्षिक नीति,बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ।कानूनी व्यावस्था बमोजिम असार १० गते सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका १० वटा पालिकाले सोमबार नीति,बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
यो समाचार तयार पर्दा सम्म जिल्लाका केही पालिकामा जनप्रतिनिधिहरु विच सामान्य विवाद हुनु बाहेक आगामि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम सुरु भई सकेको छ ।
अघिल्ला वर्षहरुमा जनप्रतिनिधिहरुको विवादका कारण जिल्लाका केही पालिकाहरुले आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट ल्याउन सकेका थिए भने यस वर्ष समयमै परिषद् सुरु गरि सकेकाले समयमै सबै २० वटै पालिकाहरुको बजेट आउने संकेत देखिएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार