लालबन्दीमा नमुना स्वास्थ्य सामग्रीे भण्डारण कक्षको स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१५ गते   ८५ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिकामा प्रदेश २ कै नमुना स्वास्थ्य सामग्रीे भण्डारण कक्षको स्थापना भएको छ । युएसएआईडीको सहयोगमा नेपालका सातै प्रदेशमा नमुना स्वास्थ्य सामग्रीे भण्डारण कक्षको स्थापना गर्ने तयारी रहेको थियो ।
सोही क्रममा प्रदेस नम्बर २ को लागि लालबन्दी नगरपालिका छनौटमा परी भण्डारण कक्षमा आवस्यक सामाग्रीहरु बिधिबत रुपमा हस्तान्तरण भएको नगर स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले जानकार  दिनु भयो । उहाँका अनुसार उक्त नमुना स्वास्थ्य सामग्रीे भण्डारण कक्ष लालबन्दी नगरपालिका ८ मा स्थापना गरिएको छ ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खडकाको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका सचिब इम नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा नमुना स्वास्थ्य सामग्रीे भण्डारण कक्षका लागि आवस्यक सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक श्रवण कुमार मिश्र, युएसएआइडीका कन्ट्री डाईरेक्टर कृश्ट राइट,युएसएआईडीका भुप राज ढकाल, प्रदेश आपूर्ति व्यबस्थापन केन्द्र जनकपुरका निमित्त निर्देशक डा राजिब कुमार झा ,लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब तिमल्सिना,जिल्ला जन स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख डा नबल किशोर झा,प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका तथ्यांक अधिकृत सजोज कुमार यादब,लालबन्दी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुका साथै स्वास्थ्य संस्थाका प्रमुख प्रतिनिधिहरु लगायतका सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech