Close This

लालबन्दी ८ का वडा अध्यक्ष श्रेष्ठ कोरोना मुक्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-५ गते   २९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष  राजन कुमार श्रेष्ठ कोरोना जितेर घर फर्किनु भएको छ । दोस्रो पटक गरेको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता श्रेष्ठ घरफर्किनु भएको हो । 
साउन २१ गते गरेको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिनु भएका अध्यक्ष श्रेष्ठ लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामाग्री कम्पनी लिमिटेडको भवनको आईसोलेसनमा बस्नु भएकोथियो ।
कोरोना जितेर घर फर्किनु भएका अध्यक्ष श्रेष्ठलाई लालबन्दी नगरपालिकाका कार्माचारीहरु र नेकपा सर्लाहीका नेता तथा कार्याकर्ताहरुले स्वागत गरेका छन । स्वागत कार्याक्रममा नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु,नगरपालिकाका जनप्रतिनिधिहरु तथा नेकपाका नेता डिल्ली अधिकारी,नगर स्वास्थ्य संयोजक सुर्य नारायण राय,सह संयोजक सुरेन्द्र कुमार खतिवडाका साथै वडा नम्बर ८ का स्थानियबासीले स्वागत गरेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech