Close This

सुविधा सम्पन्न आवाश पाएपछि सुकुम्बासी परिवारमा खुशियाली,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-८ गते   ५६७ पटक हेरिएको

जिल्लाको लालबन्दी नगरपालिका ५ को रंजितपुर,सुकुम्बासी मुसहर बस्तीमा पुस्तौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी मुसहरहरुमा नगरले नयँं घर बनाई दिएपछि खुशियाली छाएको छ। ग्रिन एण्ड क्लिन सिटीको रुपमा विकाश हुदै गरेको  लालबन्दी नगरपालिका–५ मा मुसहर समुदायको २१ घर बसोबास रहेको छ ।


उनिहरु साना झुप्रा बासका कटेज बनाएर बसेको करीब पाँच दशकभन्दा बढी भएको थियो । अहिले नया पक्का घरमा बस्न पाउदा सुकुम्बासी मुसहरहरुको परिवारमा खुसियाली छाएको छ । २०३१ सालदेखि यस क्षेत्रमा मुसहरहरु बस्दै आएका भएपनि उनिहरुको रोजगारी नभएका कारण दिनभरको कमाईले बिहान बेलुका छाक टार्न समस्या हुने गरेका सुकुम्बासी मुसहरहरुको राम्रो घर बनाउने सपना पनि थिएन । तर अचानक नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रमले पक्की घर बनाई दिएपछि उनिहरुमा खुसीको सिमा नाघेको वडा नम्बर ५ का वडाध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।
आफुहरु लामो समयदेखि बसोबास गरि रहेको भएपनि व्यावस्थीत आवाश नहूदा समस्या परेका उनिहरुमा अहिले व्यावस्थीत आवाश निर्माण भएपछि  खुसी थपिएको छ  । नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगतको १ करोडको लागतमा २१ वटा घर निर्माण गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । 
घर बनाउने रकम सुकुम्बासी मुसहरहरुलाई दिदा घर नबनाई रकम सकिने भन्दै आफ्नै निगरानीमा घर निर्माण गरि हस्तान्तरण गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरपालिकाको निरन्तर निगरानीमा निर्माण भएका घरहरु वास्तवमै नमुना घरहरु रहेका नगर प्रमुख खड्काले बताउनु भयो । खाने पानी, शौचालय सहित निर्माण भएको आवाश पाएपछि मुसहरहरु खुसी भएका छन ।
 पुस्तौंदेखि फुसका घरमा बसोबास गर्दै आएका  रंजितपुर र सुकुम्बासी टोलका मुसहरहरुको परिवारमा नयाँ पक्की घर पाएपछि खुशियाली छाएको छ। सो क्षेत्रको वस्ती व्यावस्थापनको विषयमा पटक पटक कुरा उठेको भएपनि कसैको ध्यान जान सकेको थिएन ।

विभिन्न समयमा सरोकारवाला निकायसंगको छलफलबाट वास्तविक पीडित सुकुम्बासी मुसहर परिवारलाई सुविधा सम्पन्न पक्की घर बनाएर हस्तान्तरण गर्न सफल भएको लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । लामो समयदेखि फुसका भुपडीमा बसेका सुकुम्बासी मुसहर समुदायमा अचानक सुविधा सम्पन्न पक्की घर बनेपछि  उनिहरुले पनि खुशी प्रकट गरेका छन्।
सुविधा सम्पन्न पक्की  घर पाएका विश्वजित माझि मुसहरले आफु २०३१ सालदेखि फुसको घरमा बस्दै आएको तर जव स्थानिय निकायको निर्वाचन भयो त्यसपश्चात आएका जनप्रतिनिधिहरुका कारण आफुले सुविधा सम्पन्न पक्की घरमा बस्न पाएको भन्दै खुसी व्यक्त गरे । ‘ मतदाता परिचय पत्र नभएर भोट हाल्न नपाएको भएपनि जनप्रतिनिधिहरुले गरेको काम चित्त बुझ्दो भएको उनको भनाई छ । 
त्यस्तै २०६० सालदेखि बस्दै आउनु भएकी जयकुमार माझि मुसहरले पहिला पानी परेपछि कति बेला के हुने हो भन्ने चिन्ता लाग्न सुरु गथ्र्याे तर अहिले सुविधा सम्पन्न पक्की घर पाएपछि  अब भोक पनि लाग्छ निन्दा पनि लाग्छ भन्दै खुसी व्यक्त गरिन ।
लालबन्दी नगरपालिकाका वडा नम्बर ५ ले २०७५ माघबाट सुरु भई २०७६ अषाढ २५ गते सो बस्ती निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको वडा नम्बर ५ का वडा अधयक्ष भण्डारीले बताउनु भयो । सुविधा सम्पन्न आवाश निर्माण गरि २०७६ अषाढ २५ मा सम्बन्धीत सुकुम्बासी मुसहर समुदायलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech