Close This

टासिधार्खेलिङ् बौद्ध गुम्बाको शिक्षालय सिलान्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१४ गते   ३२६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा  टासिधार्खेलिङ् बौद्ध गुम्बाको शिक्षालय सिलान्यास गरिएको छ । वडा नम्बर ८ मा रहेको टासिधार्खेलिङ् बौद्ध गुम्बाको शिक्षालयको प्रदेश सभा सदस्य बेची लुंगेलीले सिलान्यास गर्नु भएको हो । क्षेत्र विकाश कोष अन्र्तगतको २० लाख लागतमा टासिधार्खेलिङ् बौद्ध गुम्बाको शिक्षालय निर्माण हुन लागेको हो ।
टासिधार्खेलिङ् बौद्ध गुम्बाको बौध शिक्षा हासिल गर्न आउने विद्यार्थीहरुका लागि शिक्षाआर्जन गर्न सहज होस भन्नका लागि टासिधार्खेलिङ् बौद्ध गुम्बाको शिक्षालयमा लगानी गरेको प्रदेश सभा सदस्य लुंगेलिले बताउनु भयो । निर्माण उपभोक्ता समिति मार्फत चालु आर्थिक वर्षमै निर्माण सक्ने गरी विजु योन्जनको अध्यक्षमा निर्माण उपभोक्ता समिति गठन गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

२ तले पक्की भवन सिलान्यास कार्यक्रममा नेकपाका नेता डिल्ली अधिकारी,सुरेन्द्र कुमार लामा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech