जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाका कार्यालयहरुको नियमित अनुगमन गर्ने

916 Shares


 दुर्गा कुमारी अधिकारी 
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लास्थित कार्यालयहरुको नियमित अनुगमन गर्ने भएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले जिल्लास्थित कार्यालयहरुको नियमित अनुगमन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जिल्लास्थित कार्यालयहरुले सेवाग्राहीहरुलाई दिने सेवा सुविधामा सहज,सरल,छिटो छरितो रुपमा सेवा प्रवाह गर्न एवम नागरिकहरुको गुनासोलाई मध्यनजर गर्दै जिल्ला जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा कार्यालय अनुगमन गर्ने निर्णय भएको हो ।
 जिल्लामा मालपोत,नापी,घरेलु लगायत कार्यालयबाट सेवाग्राहीलाई सेवा लिन असाध्यै गाह्रो भएको काम गराउन अतिरिक्त रकम (घुस) दिनुपरेको सेवाग्राहीहरुबाट गुनासो आएपछि जिल्लास्थित कार्यालयहरुको नियमित अनुगमन गर्ने निर्णय भएको प्रमुखजिल्ला अधिकारी यादवले बताए । उनका अनुसार सेवाग्राहीहरुका गुनासालाई सम्बोधन गर्न र समस्या समाधानका लागि कार्यालयहरुको छड्के अनुगमन गरिने छ ।

सम्बन्धित समाचार