सिरहामा भन्सार छलीको कपडा दैनिक रुपमा बरामद् हुन थालेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारती बाहिनी तानिएका छन् ।चाडपर्वको बेला सिरहाका विभिन्न नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको कपडाहरु राजस्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दैनिक नियन्त्रणमा लिन थालेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारती सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास तानिएका हुन ।
सशस्त्र प्रहरीले सिरहा नगरपालिका १८ स्थित तारापटीबाट करिब रु ८० लाखको कपडा नियन्त्रणमा लिएको छ ।भारतबाट अवैध रुपमा नेपाल भित्र्याई लुकाइछिपाई राखिएको सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)लगडिगदियाको टोलीले करिब रु ८० लाखको ७८ पोका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारतीलाई सोधपुछ तथा थप अनुसन्धान गर्न भन्दै बाहिनी तानिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी दिपेन्द्र शाहले जानकारी दिए ।उनका अनुसार बरामद् गरिएको कपडा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ । गत आइतबार मात्र सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर नजिकैबाट करोडौंको कपडा बरामद गरेको थियो ।ट्रकमा लोड गरी काठमाण्डौँ लैजाँदै गरेको अवस्थामा कपडा नियन्त्रणमा लिइएको थियो ।गत शनिबार पनि सिरहाको माडरस्थित एक विद्यालय परिसरको आँप बगैंचाबाट करिब रु ५० लाख बराबरको कपडा नियन्त्रणमा लिइएको सशसत्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ शे.क्वा.गण सिरहाका सशस्त्र प्रहरी उपरीक्षक भारतीको संग्लग्नता रहे नरहेको विषयमा अनुसन्धान समेत सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी शाहले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारतीलाई ‘अवैध सामान कसरी भित्रियो भन्नेबारे सोधपुछ गर्न बाहिनी बोलाइएको र आवश्यक सोधपुछ भइरहेको छ ।’कोही सशस्त्र प्रहरी अधिकारी दोषी देखिए कारबाही हुने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी शाहले प्रतिवद्धता जनाए । भने अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहा सशस्त्र प्रहरी नायव उपरिक्षक दीपेन्द्र थापालाई पठाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक भारतीसँगै प्रस्तावित सिमा सुरक्षा गुल्म मार्डरका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक रामहरि खड्का सहित अन्य केही सशस्त्र प्रहरी अधिकारीहरुलाई पनि सिरहाबाट बाहिनीमा सोधपुछका लागि तानिएको स्रोतले जनाएको छ ।
यो पनि सिरहामा व्यापक कपडाको कारोबारी,गणपति भारतीले सहायक हबल्दार सिंहबाट बुझ्छन् कमिसन,
मधेश प्रदेश अन्र्तगत सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रमोद भारतीले सहायक हबल्दार घुमुवा राखेर चर्काे कमिसन असुल्ने गरेका पाइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रमोद भारतीले सहायक हबल्दार अरविन्द सिंहलाई घुमुवा राखेर जिल्लाका भन्सार छली र कपडा कारोवारीहरुसंग चर्काे कमिसन असुल्ने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए ।उनका अनुसार सहायक हबल्दार सिंहको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ हे.क्वा गण धनुषामा दरबन्दी भएपनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भारतीले सिरहामा राखेर कमिसन असुली चलाएका हुन ।
सशस्त्र प्रहरीका भुतपुर्व कर्माचारीहरु बरिष्ठ हबल्दार मन्तोष सिंह,हबल्दारहरु आत्माराम पटेल, मनोज पटेल र सरोज सिंह तथा सहायक हबल्दार अरुण यादव सहित ११ जना भु.पु सशस्त्र प्रहरीका कर्माचारीहरुले जिल्लाको माडरबाट पिकअप बोलेरोमा कपडाको कारोवार गर्ने गरेका र त्यस वापत सहायक हबल्दार सिंह मार्फत सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भारतीले चर्काे कमिसन असुल्ने गरेका ती सशस्त्र प्रहरी अधिकारीले बताए ।
उनका अनुसार डिआईजी गणेश बहादुर ठाडा मगरको आडमा ११ जना भु.पु.सशस्त्र प्रहरी अधिकारीहरुहरुले पिकअप कै प्रयोग गरेर माडरबाट कपडाको अवैध कारोबार गर्ने गरेका पाइएको हो । प्रस्तावित सिमा सुरक्षा गुल्म माडरका सशस्त्र प्रहरी नायव उपरिक्षकलाई समेत गुम्राहमा पारेर उनीहरुले ठुलो मात्रामा कपडाको कारोवार गर्ने गरेका पाइएको हो ।
त्यस्तै एसपी बिदा बसेको मौकामा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले हाने चौका,उनी कमिसन असुल्नमा व्यास्त,
देशको सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी नै पछिल्लो समयमा कमिसन असुलीमा व्यस्त भएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु कमाउने धन्दामा लाग्दा सिमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रनुका साथै साना हात हतियारको विगविगी बढेको छ । सशस्त्र प्रहरीका डिआईजी र शसस्त्र प्रहरी उपरिक्षकको नाममा सशस्त्र प्रहरी नायव उपरिक्षकको निर्देशनमा जिल्लाका विभिन्न वेस क्याम्प तथा विओपीहरुका शसस्त्र प्रहरी कर्माचारीहरु कमिसन धन्दामा लाग्दा सिमा सुरक्षामा तस्करी तथा साना हातहतियारको विगविगी बढेको छ ।
सर्लाहीको सशस्त्र प्रहरी बल नम्बर १० हे.क्वा गणका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाले जिल्लामा शसस्त्र प्रहरी उपरीक्षक नभएको मौका छोपि मातहतका सुरक्षा वेश तथा विओपी पतिहरुसंग चर्काे कमिसन माग गरेका एक शसस्त्र प्रहरी अधिकारीले बताए । पर्सा दरबन्दी भई शसस्त्र प्रहरी वल नम्बर १० हे.क्वागणमा कार्यरत रहेका शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले शसस्त्र प्रहरी उपरीक्षक भरत खनिया बिदामा बसेको मौकाछोपि आफैँ घुमुवाको रुपमा फिल्डमा खटेर कमिसन असुल्ने गरेका सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनमा अनुसार मातहतका विओपि तथा वेश क्याम्पका प्रमुखहरुलाई शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले कमिसन नबुझाउदा अनावश्यक तनाव दिने गरेका छन् ।
जिल्लाको ५१ किलोमिटर खुल्ला सिमानाबाट भित्रिएको भन्सार छलीका सामानहरु जिल्लाको बयलबास,लालबन्दी,हरिवन,हरिपुर र बरहथवा लगायतका क्षेत्रमा पुग्ने गरेको र उनिहरुसंग पनि शसस्त्र प्रहरी वल सुरक्षा वेश क्याम्पमा रहँदा पनि थापाले चर्काे रकम असुल्ने गरेका थिए ।
सो समयमा शसस्त्र प्रहरी नायव उपरीक्षक थापाले भन्सार छलीका सामानहरु बरामद् गरि भन्सार बुझाउनुको सट्टा आफ्नो घर तथा आफ्न्तको घरमा सम्म पुर्याउने गरेका थिए। रुन्चे स्वाभावका शसस्त्र प्रहरी ननयव उपरीक्षक थापाले कपडा,सुर्ती,खैनी,गुटका,चिनी,खाने तेल तथा मलखाद्यका साथै हार्डवेयर र विभिन्न मोटर पार्टसहरु भन्सार छली नेपाली बजारमा ल्याउने तस्करहरसंग समेत कमिसन असुल्न बाकी नराखेका सशस्त्र प्रहरी बल नम्बर १० हे.क्वा गणका एक शसस्त्र प्रहरीले बताए । भन्सर छलीका सामानहरु ल्याउने तस्करहरुसंग सशस्त्र प्रहरीले महिनावारी असुल्ने गरेको कमिसन असुलेपछि सामानहरु फिर्ता गर्ने तथा कम सामान मात्र भन्सार बुझाउने गरेको पाइएको छ ।उनको मिलेमतोमा जिल्लामा भन्सार छलीका कपडा,चिनी,आलु,प्याज,जिरामरीच,लसुन,पटका लगायतका सामाग्रीहरु दिन दहाडै भित्रिने गरेका छन् भने सशस्त्र प्रहरी नायव उपरीक्षक थापाका कारण नयाँ जोस र जाँगर लिएर सशस्त्र प्रहरी वल नम्बर १० हे.क्वा गण कविलासी,सर्लाही आएका गणपति सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ पनि बद्नाम हुने निश्चित छ ।
सशस्त्र प्रहरीको सेटिङमा यसरी ठूलो तस्करी भई रहेको विषयमा सशस्त्र प्रहरी २ नम्बर बाहिनीका बाहिनीपति गणेश बहादुर ठाडा मगरलाई पनि जानकारी नभएको होइन । तर उहाँको ध्यान पनि सोक्षेत्रमा पुग्न नसकेको स्थानियको आरोप छ । साथै सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले लाईन मिलाउने तस्करहरुमा बिजय,उमेश,पुकार , जयकिशोर ,विजय, रविन,जयकिशन,सरिता,संजीव,सन्तोष,गुलाम,मुकेश र हुसेनी लगायतका रहेका छन् ।उनिहरु कपडा, खैनी पान मसला,मोवाइलको मुख्य कारोवारी हुन भने अरूले नुन देखि सुन सम्मको तस्करी गर्ने गर्दछन । सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक थापाले लाईन खाएपछि कारोवार गर्न सहज भएको तर सिमानामा रहेका केही विओपी पति र वेशमा रहेका केही वेशपतिहरुले कमिसन लिन नमान्दा आफुहरुलाई काम गर्न समस्या भएको तस्करहरुले नै बताएका छन् ।तस्करी चलाएर नै तस्करबाट उठाएको रकम माथिल्लो दर्जा सम्म बुझाउनु पर्ने भएको कारण यहाँबाट ठूलो तस्करी चल्ने गर्दछ सोही अनुसार डिआइजीहरुले आफ्ना विश्वास पात्रहरुलाई र बढी कमिसन दिनेहरुलाई सिमानाकामा पठाउने गरेका समेत स्रोतको दाबी छ ।