सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी र भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षा बल वीच नेपाल भारत सिमा क्षेत्रमा हुने गैर कानूनी क्रियाकलापका साथै समस्या र सीमा क्षेत्रमा समन्वय कसरी गर्ने भन्दै बैठक सम्पन्न भएको छ ।सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी महोत्तरी र भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षा बल वीच नेपाल भारत सिमा क्षेत्रमा हुने गैर कानूनी क्रियाकलापका साथै समस्या र सीमा क्षेत्रमा समन्वय कसरी गर्ने भन्ने नियमित हुँदै आईरहेको समन्वयात्मक बैठक सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति एवम प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सूर्य बहादुर सेन ओलीले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षा बल बीच नियमित रुपमा हुने डिआईजी स्तरीय समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो।उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षा बलको सेक्टर हेडक्वार्टर मुजफपुरका डिआईजी दिपक कुमार, सेक्टर हेडक्वार्टर पुर्नियाका सेक्टर कमाण्डर डिआईजी राजेश टिक्कु र सेक्र्टर हेडक्वार्टरका बेथियाका सेक्टर कमाण्डर डिआईजी शुभराम यनियका मधेश प्रदेश स्थित आठै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका गणपतिहरु,निमित्त गणपतिहरु र अधिकृतहरुको उपस्थिति रहेको थियो,भने भारतीय सशस्त्र प्रहरी सीमा सुरक्षा बलका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको थियो।
बैठकमा सीमा सुरक्षा,सीमा अपराध नियन्त्रण तथा रोकथाम,लागूऔषध नियन्त्रण र सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति एवम प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक ओलीले जानकारी दिए ।।नेपाल भारत खुल्ला सिामाना रहेका कारण समय समयमा दुवै देशका सुरक्षाकर्मीहरुको समन्वयात्मक बैठक बस्नुका साथै गैर कानूनी कार्य रोकथाम तथा न्यूनिकरणका लागि साझेदारीमा काम हुँदै आएको छ।पारिवारिक सम्बन्ध समेत रहेको नेपाल भारत सिमा क्षेत्र खुल्ला रहेका कारण दुवै देशमा हुने उपराधिक क्रियाकलापहरु न्यूनिकरणका लागि समन्वयात्मक बैठकहरु गरी काम गर्ने गरिएको हो।छिमेकी देश भारतलाई मधेश प्रदेशले मात्रै चार सय ६४ किलो मिटर सिमाना रहेकोमा अधिकांश स्थानहरु खुल्ला रहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा सामाजिक, सांस्कृतिक,व्यापारीक र आर्थिक सम्बन्ध रहेको छ ।
चार सय ६४ किलो मिटरको खुल्ला सिमानामा करिब एक सय ५० मिटरको दुरीमा सिमा स्तम्भहरु खडा गरिएका हुन्छन् भने सिमा स्तम्भ सहित सिमा क्षेत्रबाट हुने गैर कानूनी आवत जावतका साथै भन्सार छली र अपराधिक गतिविधिहरु न्यूनीकरणका लागी सिमा क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बल नेपालले पाउने गरेकोे छ ।भने सिमा क्षेत्रकै कारण समय समयमा सशस्त्र प्रहरी बल नेपाल विवादीत समेत हुने गरेको छ ।