९० वर्षिय कर्णदेवीले गरिन अक्षय कोषमा सहयोग

882 Shares

सर्लाहीको बागमती नगरपालिका २ की ९० वर्षिय कर्ण देवी रायमाझीले आफ्नो जन्म दिनको अवसरमा बागमती नगरपालिका २ को जनवाल कल्याण मा.विको अक्षय कोषमा आर्थिक सहयोग गरेकी छन्।बागमती नगरपालिका २ निवासी स्व.दिल बहादुर रायमाझीकी धर्मपत्नी समाजसेवी एवम बुद्धिजिवी कर्णदेवीले आफ्नो ९० औँ जन्म दिनको अवसरमा विद्यालयको अक्षय कोषमा रु पाँच हजार पाँच सय ५५ रकम जम्मा गरेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए । उनका अनुसार केही महिना पहिला विद्यालयले स्थापना गरेको अक्षय कोषमा सहयोगी दाताहरुले विभिन्न अवसर पारेर रकम जम्मा गर्ने गरेका छन् ।
विद्यालयले स्थापना गरेको अक्षय कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन र छात्रवृत्ति प्रदान गर्न तथा शिक्षक प्रोत्साहन कार्यमा प्रयोग गर्ने विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले  बताए।विभिन्न किसिमका उत्सवहरुमा बाहिर गरीने फजुल खर्चका कार्यक्रमहरु भन्दा विद्यालयको अक्षय कोषमा रकम जम्मा गर्न विद्यालयले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार