Close This

सर्लाहीको दुगर्मका विद्यालयमा निःशुल्क रक्त समुह पहिचान कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-४ गते   ९३८ पटक हेरिएको

निःशुल्क रक्त समुह पहिचान कार्यक्रम हुदै गर्दा


सर्लाहीको लालबन्दी र इश्वरपुरमा नेसन सपोर्ट फाउन्डेसनले निःशुल्क रक्त समुह पहिचान कार्यक्रम गरेको छ । लालबन्दी नगरपालिका १२ जियाजोरमा रहेको नारायण जन्ता माविमा र इश्वरपुर नगरपालिका १२ को नेपाल राष्ट्रिय जन्ता माविमा  फाउन्डेसनले विद्यार्थीहरुको नि ः शुल्क रक्त समुह पहिचान कार्यक्रम गरेको हो।
नेसन सपोर्ट फाउन्डेसन र कमलामाई मिडिया प्रालीको संयुक्त आयोजनामा भएको  निःशुल्क रक्त समुह पहिचान कार्यक्रमको लालबन्दी नगरपालिका ६ मा रहेको सुर्याेदय लाइफ केयर सेन्टर(हस्पीटल)प्रालीले प्राविधिक सहयोग गरेको छ । निरन्तर सामाजिक कार्य गर्दै आएको  हरिवन नगरपालिका ११ मा रहेको फाउन्डेसनले ज्लिाका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।


 निःशुल्क रक्त समुह पहिचान कार्यक्रममा सहभागी हुदै स्वास्थ्यकर्मीहरु तथा  फाण्डेशनका स्वयम सेवकहरु

लालबन्दी १२ को नारायण जन्तामाविका १ सय ६२ जना र इश्वरपुर  १२ को नेपाल राष्ट्रिय जन्ता माविमा ८० जनाको गरि २ सय ४२ जना विद्यार्थीहरु र शिक्षकहरुको निःशुल्क रक्त समुह पहिचान कार्यक्रम गरिएको फाउन्डेसनका अध्यक्ष राजेश साहले बताउनु भयो ।  कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाको ध्यान पुग्न नसकेका स्थानमहरुमा सहयोगी मनहरु छन् भन्ने  उद्धेश्यका साथ सामाजिक कार्यमा आफुहरु पनि लागि परेको कमलामाई मिडिया प्रालीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)ले बताउनु भयो ।

 रक्त समुह पहिचानको आवश्यकता फाइदा तथा महत्वको बारेमा जानकारी गराउँदै कमलामाई मिडिया प्रालीका अध्यक्ष  पत्रकार पहाडी

जिल्लाको दुर्गम भनेर चिनिने जियाजोर तथा घारी वथानमा पुगेर आफुहरुले रक्त समुह पहिचानको काम गर्दा अरु सरकारी तथा गैर सरकारी संस्थाहरुको ध्यान यस क्षेत्रतर्फ केन्द्रीत हुनेमा आफु विश्वस्त रहेको पत्रकार पहाडीले बताउनु भयो ।  फाण्डेशन र मिडिया प्रालीको संय्ुक्त आयोजनामा जिल्लाका अरु केही विद्यालयहरुमा पनि निः शुल्क रक्त समुह पहिचान कार्यक्रम गरिने आयोजकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech