सर्लाहीको बागमतीका नगर प्रमुख सहित जनप्रतिनिधि र कर्मचारी माथि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार नियोजित रुपमा फसाउन लागि परेको भन्दै आक्रोसित भएको नेकपा(माओवादी केन्द्र) सर्लाहीले मधेश प्रदेशका मुख्य मन्त्री र वन तथा वातावरण मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला कुमारी मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई भ्रष्टाचार सम्बन्धी कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि वन सम्बन्धी मुद्धा लगाउने र उनीहरुलाई फसाउने नियोजित षडयन्त्र भएको भन्दै आक्रोसित भएको माओवादी केन्द्र सर्लाहीले मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंह र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई ज्ञापन पत्र बुझाएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय वन तथा सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणका लागि मुख्य सचिवको संयोजकत्वमा अन्तर निकायको बैठक बसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको वातावारण तथा विपद् व्यवस्थापन शाखाले बागमती नगरपालिकालाई सम्बोधन गरी पुस २५ गते निर्णय कार्यन्वयन सम्बन्धमा भन्दै पत्र लेखेपछि अहिलेको सरकार नियोजित रुपमा बागमती नगरपालिका माथि लागि परेको प्रष्ट भएको भन्दैआफ्ना आन्दोलनका कार्यक्रमहरु सहित मधेश प्रदेशका मुख्य मन्त्री सिंह र वन तथा वातावरण मन्त्री साहलाई ज्ञापन पत्र बुझाईएको हो ।
माओवादी केन्द्र सर्लाहीले माघ १३ गते मोटरसाईकल र्याली रडिभिजन वन कार्यालय लालबन्दीमा धर्ना,१४ गते मसाल जुलुस,१५ गते पुर्व पश्चीम राजमार्गमा दुई घण्टा चक्का जाम र १६ गते देखि सर्लाही जिल्ला अनिश्चितकालिन बन्द लगायतका चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।विभिन्न वाहनमा राज्यले बागमती नगरपालिकाको नामै तोकेर पत्राचार गरेपछि राज्य नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि लागि परेको प्रष्ट भएको भन्दै आफुहरुले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष पन्तले बताए ।
सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रमा विगत करिब २० वर्षदेखि सुकुम्बासी, दलित,भूमिहिनहरु खाली रहेको जमिनमा घर टहरा बनाई बसोबास गरि रहेका र सो क्षेत्रमा २०६५ साल अघि नै परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुको मिलेमतोमा वन सखाप भएको थियो ।पहिलो चरणमा बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमती नदी उकासमा निर्माण भइरहेको बागमती माछा पोखरी(भरत ताल) पुर्ने र दोस्रो चरणमा ऐलानी जग्गामा विगत करिब दुई दशक देखि बसोबास गर्दै आएका सुकुम्बासी,दलित,भूमिहिनहरुलाई घरबार विहिन बनाउने कार्यमा सरकार लागि परेका प्रष्ट भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि वन मुद्दा लगाउने षड्यन्त्र सुरु भएपछि माओवादी केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीलाई ज्ञापन पत्र बुझाउँदै राजनीतिक प्रतिसोध साँधेर अन्यायपूर्ण व्यवहार गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै पाँच दिनको समय सिमा दिएर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको माओवादी केन्द्रका नेता राज कुमार यादवले बताए ।
यता, २०६६ र २०६७ मा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख जीवन कुमार ठाकुर सहित चार जना वन अधिकृतहरु सहित आन्दोलनरत पक्ष विच सम्झौता भई सो क्षेत्रमा टाँगीया बस्ती निर्माण गर्ने वास्तविक सुकुम्बासीहरुको पहिचान गर्ने रव्यावस्थापन गर्ने,परियोजना क्षेत्रमा आश्रीत विपन्नहरुको जीविकोपार्जनका लागि योजना बनाउने,जनसहभागिता र लाभांस वाँडफाँड गर्ने र क्षेतीपुर्ति उपलब्ध गराउने लगायतका विषयमा निर्णय भई सहमती भएको थियो ।
२०६४÷०६५ साल देखि सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यालय सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीद्वारा आयोजना गरिएका सर्वदलीय तथा सरोकारवालाहरुको बैठकहरुको निर्णयबाट ती क्षेत्रहरुमा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्ने निर्णय भएको समेत जानकारहरु बताउँछन् ।बागमती नगरपालिकाले संघ र प्रदेश सरकार समेतको अनुदानबाट बागमती नदी उकास क्षेत्र (बुढि बागमती)मा बागमती माछा पोखरी बनाई पालिकाले माछा पालन र पर्यटन प्रवद्र्धनका साथै आन्तरीक आय स्रोतको व्यवस्थापनको काम गरि रहेको भएपनि अहिलेको सरकारका प्रमुख नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमान्त्री केपी शर्मा ओलीले बागमती नगरपालिकाको विकास देख्न नसकेर बागमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरु माथि नियोजित रुपमा लागि परेको समेत माओवादी केन्द्रका नेताहरुको भनाई छ ।
२०६६÷०६७ देखि नै बस्ती बसेको थियो।अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमतीका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधि र कर्मचारीलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको भन्दै स्थानीय आक्रोसित भएका छन्।नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार माओवादी केन्द्रबाट निर्वाचित जनप्रततिनिधिले गरेको विकास देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।जुन स्वीकार्य छैन्।” उनीहरुले आक्रोश व्यक्त गरे। यता,मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले अन्यन्त्र जे सुकै लेखिएको वा हल्ला गरिएको भएपनि सो क्षेत्रमा रहेको बस्ती नउंठने र बागमती माछा पोखरी र नगर बगैँचाको सवालमा अहिले अनुसन्धानको काम हुने बताए ।