सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित हुन थालेको छ । शुक्रबार बिहान करिब ४ बजेपछि देखि निरन्तर परिरहेको झरी रोकिन सकेको छैन् ।बिहीबार पनि दिउँसो केहीघण्टा पानी पर्न रोकिएकाे भएपनि राति र बिहानपख प्रायः पानी परिरहेकै छ ।
लगातारको वर्षाले खोलाबाट समेत हिँड्न नपाउँदा चुरेभेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोछ।खन्देही,बाँके,कालिन्जोर, फूलजोरलगायत खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटान गर्ने,बालुवा हुर्ने र तटबन्ध बगाएका छन् भने पुर्व पश्चिम लाेकमार्ग स्थित रहेका लच्काहरुमा पानीको बहाब बढेपछि साना तथा ठूला सवारीसाधनहरु रा्किएका छन्।
निर्माणधीन रेल्वे ट्रयाकले बागमती, लालबन्दीलगायतका स्थानमा पानीे थुनिँदा डुबानको समस्या देखिएको स्थानीयकाे भनाइ छ,भने जिल्लाेकाे पश्चिमी भेगका बस्तीहरु डुवानकाे जाेखिममा परेका छन् ,भने सरोकारवाला निकायले बाढी,पहिरो तथा डुबानबाट बच्न अनुरोध गरेको छ ।