प्रहरी हबल्दार काफ्ले र यातायाताको सेटिङमा ट्रयाल सेन्टरमा कमिसनको चलखेल

337 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी हबल्दा शिव काफ्लेले आफ्नो माथिल्लो निकायलाइ आर्थिक प्रलोभनमा पार्दै जिल्लामा असुली चलाईएका पाइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी हबल्दा काफ्लेले जिल्लामा सञ्चालित साना तथा ठुला यात्रु बाहक तथा मालवाहक सवारी साधनहरुका साथै यातायाता व्यावस्था कार्यालय मलंगवा सर्लाहीले सञ्चालन गरेको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा समेत ठुलो आर्थिक चलखेल गरेका प्रहरी अधिकारीहरु बताउँछन् ।
यातायाता व्यावस्था कार्यालय मलंगवा सर्लाहीले सञ्चालन गरेको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा परिक्षर्थाीहरुका साथै प्रयोगात्मक परिक्षामा खटिने प्रहरी अधिकारीहरुबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी हबल्दा काफ्लेले ठुलो रकम लिने गरेका उनकै समकक्षीहरु बताउँछन् ।
देख्दा भलाद्मी देखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी हबल्दा काफ्लेले जति भलाद्मी देखिन्छन् त्यती उनको अर्कत फरक छ।उनले कार्यालय प्रमुखलाई आफ्नै समकक्षीहरुका साथै प्रहरी कर्माचारीहरुको विभिन्न कुरा लाउने र कार्यालय प्रमुखको नजिक हुँदै जिल्लामा सञ्चालित अटो,मयुरी,म्याजिकहरुका साथै ट्याक्टरहरु र टिपर तथा माल वाहक ट्रकहरु र यात्रु बाहक बसबाट उनले मासिक करिब दुई लाख कमिसन असुल्ने गरेका एक यातायात व्यावसायीले बताए।उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको नाममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी हबल्दा काफ्लेले अटो,मयुरी,म्याजिकहरुका साथै ट्याक्टरहरु र टिपर तथा माल वाहक ट्रकहरु र यात्रु बाहक बसहरुबाट मासिक दुई लाख कमिसन असुल्ने गरेका छन् ।
लामो प्रयास पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको चालकको तालाचाबी हात पारेका प्रहरी हबल्दार काफ्लेलाई चालक भएपछि झन दशैँ नै आए झैँ भएको अर्काे प्रहरी अधिकारीले बताए ।
यातायात व्यावस्था कार्यालय मलंगवा सर्लाहीको सवारी शाखाबाट हुने ट्रयाल सेन्टरमा अकुत सम्पत्ति कमाइ धन्दा चल्ने गरेको कारण लेखा शाखामा आएका प्रहरी हबल्दार काफ्लेको ईसरामा ट्रयाल सेन्टर चल्ने गरेको यातायात व्यावसायी नै बताउँछन् ।ट्रयाल सेन्टरबाट आउने रकम मध्ये प्रहरी हबल्दार काफ्ले,यातायात व्यावस्था कार्यालय मलंगवा सर्लाहीका कर्माचारीहरुका साथै ट्राफिक प्रहरी निरिक्षकको भागमा समेत पुग्ने गरेको ती यातायात व्यावसायीले बताए ।
श्रोतका अनुसार ट्रयाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी निरिक्षककै सेवा गर्ने र भागबन्डा मिलाउन सक्नेलाइ नै दिने गरिएको र त्यो जिम्मा प्रहरी हबल्दार काफ्लेले पाएका छन्।प्रहरी निरिक्षक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैयाका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षकलाई मासिक रुपमा ठुलो रकमको भेट चढाएकै कारण पटक पटक गुनासो आएपनि हबल्दार काफ्लेलाई सर्लाहीबाट हटाउँने हिममत नगरेका प्रहरी अधिकारीहरुको भनाई छ ।
यता,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैयाका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक भिम किरण बोगटीलाई सो विषयमा सोझ्दा उनले प्रहरी हबल्दार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीको चालक रहेका दाबी गरे।उनले प्रहरी हबल्दार काफ्लेले असुली चलाए÷नचलाएको विषयमा आफुलाई आधिकारीक कुनै जानकारी नआएको समेत बताए ।
त्यस्तै,सो विषयमा बुझ्न यातायात व्यावस्था कार्यालय मलंगवा,सर्लाहीका प्रमुख राकेश यादवलाई सोध्दा उनले आफुलाई सो विषयमा कुनै जानकारी नभएको र कोही मानिस कमिसनको रकम लिएर नआएका बताए।उनले ट्रयाल सेन्टर यातायात व्यावस्था कार्यालय मलंगवा,सर्लाहीको संरक्षणमा सञ्चालन भएको र विचौलियाले कमिसन असुल्ने हिम्मत पनि गर्न नसक्ने दाबी समेत गरे ।तर केही दिन पहिला उनले मन्त्रालय सम्म कमिसन बुझाउनु पर्ने र इन्सोरेन्स(बीमा) कम्पनीहरुका प्रतिनिधिहरु मार्फत कमिसन संकलन हुने गरेको अनौपचारीक रुपमा बताएका थिए ।

सम्बन्धित समाचार