नयाँ रोड बरहथवा सडक खण्डमा सवारी दुर्घटना एकको मृत्यु

3.1k Shares

सर्लाहीको नयाँ रोड बरहथवा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।आज(बिहीबार) बिहान करिब ५ ः ३० बजे  नयारोडवाट बरहथवा जाने क्रममा ना ४ ख ७५२२ नम्वरको मिनीवसले ठक्कर दिई बरहथवा नगरपालिका ९ कुसुमचौकका  अन्दाजी  वर्ष ५६ का राम  गुरुङ घाईते भएका थिए । 
मिनीवसले ठक्कर दिई गम्भीर घाईते भएका गुरुङलाई उपचारका लागि लाँदै गर्दा बाटामै ज्यान गएको ईलाका प्रहरी कर्यालय बरहथवाले जनाएको छ  । प्रहरीको बलजस्तीमा लास घरमा नल्याई पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा,सर्लाही लगेको भन्दै, पीडित पक्षले क्षतीपुर्तीको माग सहित सडकमा प्रदर्शन गरेका हुन ।
ईलाका प्रहरी कर्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उमाशंकर यादवका अनुसार पीडित पक्षले आफ्नो शव हेर्न माग गर्दै सडक अवरुद्ध गरेका हुन । सडक अवरुद्ध भएको करिब ५ घण्टा पछि प्रहरी नायव उपरिक्षक यादवका अनुसार आफुहरु पीडितको पक्षमा रहेको र कानुन अनुसार सबै कार्बाही तथा क्षेतीपुतिृ पाउने बताएपछि पीडित र स्थानियले सडक खुल्न दिएका हुन । दुर्घटना गराउने सवारी र चालक प्रहरीको नियन्त्रणमा छन् ।

सम्बन्धित समाचार